Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गाल रहेको आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । 1448513209Slide_-CIAA_Baahrakhari_12khari.jpg

हिजो बसेको जिल्ला सुरक्षा समितिको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अर्को आदेश नभएसम्मका लागि आजबाट लागु हुनेगरी निषेधित क्षेत्र तोक्ने आदेश प्रजिअ रामकृष्ण सुवेदीले दिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

पूर्वमा विशालनगर र हाँडीगाउँ, पश्चिममा गैरीधारा चोक, उत्तरमा गणेश मन्दिर र दक्षिणमा दूरसञ्चार नक्सालदेखि बालमन्दिर जाने चोकसम्म निषेधित क्षेत्र तोकिएको जिप्रकाले जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

डा. गोविन्द केसीका समर्थकले आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्ध आयोगमा धर्ना दिनसक्ने आकालन गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया