Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडाै – साहित्यकारले मुलुकको राष्ट्रियता संरक्षणका लागि रचनामा राष्ट्रियताका स्वरहरु उठाउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्वारा आज आयोजित ‘कवितामा राष्ट्रियताका स्वरहरु’ विषयक कवि गोष्ठीमा राष्ट्रियताका पक्षधरसँग साहित्यकारको सहकार्य हुन जरुरी रहेको औँल्याइएको छ ।

पोलिटब्युरो सदस्य एवम् केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढाले नेपाली भूमिको रक्षाका लागि स्रष्टाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रगतिवादी समालोचक अशोक सुवेदी, प्रगतिवादी कवि पूर्णविराम तथा कवि सरला रेग्मी, अमृता स्मृति, चिरन पुन, निभा शाह, अशोक कुँवर ‘नेत्र’, मोहनलाल घिसिङ, केशव सिलवाल, गणेश बोहोरा, रघु अधिकारी, पुण्य गौतम ‘विश्वास’, ढुण्डीराज अधिकारी, आरोह नेपाली, दिनेश सङ्ग्रौला, केवल विनावी, अर्जुन कटुवाल, राजु स्याङ्तान, ज्ञानबहादुर खड्का, जीवन हमाल, मुक्तान थेवा, झनक श्रेष्ठ, सन्तोष बुढालगायतले कविता वाचन गर्नुभयो ।

उहाँहरुले कविता तथा गीतका माध्यमबाट राष्ट्रिय एकताका लागि लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा कृष्ण सेन ‘इच्छुक’ लगायतका कवितासमेत वाचन गरिएको थियो ।

तपाईको प्रतिक्रिया