Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

13900892_1017759765007622_756314587_nदुख सुख सँगै जीवन, काट्नी भए स्वागतम्
दुवै मिली रातो गुलाब, साट्नी भए स्वागतम्

मन अमिलो होला कहिले, सुख पनि मिल्ला
यो मन फाटे तिमीसँगै, फाट्नी भए स्वागतम्

कुरा काट्लान् दुनिया, भेट हुँदा कहिले कतै
साथी हो भनी सबलाई, ढाट्नी भए स्वागतम्

मह जस्तै मिठी छु रे, बाबाले भन्थे सधैँ र त
मह काड्दै आफै हात, चाट्नी भए स्वागतम्

एक्लै जीवन चलाउन, मुस्किल छ दुनियामा
यही ज्यानसित लगन, आट्नी भए स्वागतम्
नागोया, जापान 

तपाईको प्रतिक्रिया