Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

Laxmi Mallaटोकियो – गत बर्ष ’सेल्फी’ बोलको तीज गीतबाट सर्बाधिक लोकप्रिय अवार्ड चुम्न सफल भएकी गायिका लक्ष्मी मल्लको नयाँ तीज गीतको म्युजिक भिडियो ’ननाचे बोर हुन्छ’ यु ट्युब लगायतका बिभिन्न सञ्चार माध्यमहरू मार्फत सार्बजनिक भएको छ ।

गायिका मल्लले गीतमार्फत नजिकिदैं गरेको तीज पर्वमा नेपाली दिदीबहिनीहरूलाई नाचेर रमाईलो गर्न आग्रह गरेकी छिन् । सेल्फी भाग दुईका रुपमा आएको तीजे गीत ’ननाचे बोर हुन्छ’ मार्फत गायिका मल्लले तीजको बेला मनका पीर-ब्यथा सबै बिर्सेर नाचेर, गाएर सबै चेलीहरु रमाउन सक्नुपर्ने सन्देश दिएकीछिन् ।

लोकप्रिय संगीतकार, गायक तथा सर्जक श्रीकृष्णबम मल्लको शब्द संगीतमा रहेको यस गीतलाई कामना म्युजिक प्रालिले बजारमा ल्याएको हो । तीजका नाममा बढ्दो बिकृति र बिसंगतीको भिड्मा मौलिक शब्द र संगीतमा तयार पारिएको यस गीतलाई दर्शक श्रोताहरुले मन पराउने कुरामा ढुक्क रहेको संगीतकार श्रीकृष्णबम मल्ल बताउँछन् ।

यसपालीको तीज कार्यक्रमका लागि बिभिन्न देशहरूबाट अफर आएको भए पनि गायिका मल्ल गल्कोट समाज जापानको तीज कार्यक्रमका लागि जापान आउने भएकी छिन् । जापानमा उनी बिभिन्न सहरमा आयोजित तीज कार्यक्रममा सरिक हुने भएकीछिन् ।

गायिका मल्लको सर्जक तथा गायक बसन्त थापा संग ’सेल्फी’, गायक रामकृष्णबम मल्ल संग ’नाका लगायौ’, पञ्चे बाजामा ’गल्कोट सम्झिएं’ लगायतका गीतहरू चर्चामा छन् ।
गायिका लक्ष्मी मल्ल चर्चित संगीतकार श्रीकृष्णबम मल्लकी धर्मपत्नी हुन् । ***

तपाईको प्रतिक्रिया