Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री विरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव फेल हुने दाबी गर्नुभएको छ ।

aaa

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘आग्रह, पूर्वाग्रह राखेर वर्तमान सरकार ढाल्न अध्याँरो कोठामा अर्काले लेखिदिएको स्क्रृप्ट बोकेर यहाँ साथीहरु नाँचिरहनुभएको छ, हुनेवाला केही छैन, अविश्वासको प्रस्ताव फेल हुन्छ, यही सरकार अघि बढ्छ ।’

मन्त्री पोखरेलले काँग्रेस–नेकपा माओवादी केन्द्रका नेताहरु विदेशीको एजेण्डा बोकेर भरिया बनेको आरोप समेत लगाउनुभयो ।साक्षात्कारमा उहाँले चीनसँगको सम्झौता कार्यान्वयन हुन नदिने षड्यन्त्रसहित अविश्वासको प्रस्ताव पेश भएको दाबी गर्नुभयो ।

उहाँले थप्पनुभयो, ‘सरकारले जनताको पक्षमा दिर्घकालिन हित हुने काम गरेकै कारण हटाउनुपर्ने कारण के हो?, राष्ट्र र राष्ट्रियताको मुद्दा बोकेकै कारण हटाउनुपर्ने, यो गम्भीर विषय हो, यसको मूल्यांकन जनताले गर्नेछन्।’

एमालेको नेतृत्वको सरकारले मुलुकको हित हुने र लोकप्रिय कामहरु गरेको देखेर जनताबाट नाँगिने डरले काँग्रेस र माओवादीले यो सरकारको विकल्प खोजेको उहाँको आरोप छ ।

तपाईको प्रतिक्रिया