Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – आज बस्ने भनिएको व्यवस्थापिका संसद बैठक दलहरुबीच कुरा नमिलेपछि बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयका अनुसार सरकारले पहिला संसदमा आर्थिक विधयेकमा कुरा हुनुपर्ने अडान राखेको थियो ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस र माओवादीले पहिला अविश्वास प्रस्तावबारे ती दलका नेताले संसदलाई सम्बोधन गर्नुपर्ने कुरा राखेपछि बैठक बस्न सकेन ।

दलहरुले सभामुख ओनसरी घर्तीसँग गरेको छलफल टुंगोमा पुग्न नसकेपछि संसद सचिवालयले सूचना टाँस गरी बैठक भोलि बिहान सम्मका लागि स्थगित गरेको हो ।

तपाईको प्रतिक्रिया