Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

फ्रान्स– युरो कप फुटबलमा आफ्नो देश पराजित भएको पीडा सहन नसकेर बाटोमा रुँदै गरेका फ्रान्सका एक युवा समर्थकलाई जितको खुसी मनाइरहेको पोर्चुगलका एक बालकले सान्त्वना दिएको भिडियो सार्वजनिक भएको छ ।

france-fan

फ्रान्समा घरेलु टोलीलाई अतिरिक्त समयमा १–० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलो पटक उपाधि उचाल्यो । विजेता टिमको पोर्चुगलमा भव्य स्वागत भयो । आइतबार रातिको खेल सकिएपछि फ्रान्सको सडकमा देखिएको एउटा दृश्यले सबैको मन छोयो ।

fan

बाटोमा रुँदै गरेका फ्रान्सका समर्थक ति युवाको हात पोर्चुगलको जर्सी लगाएका बालकले समाते, युवा झस्किए, बालकले हात मिलाएर सान्त्वना दिएको भिडियोमा देख्न सकिन्छ ।
त्यसपछि ती युवा अघि बढे, बालक पनि उनलाई केही भन्दै सँगै अघि गए, युवाले बालकलाई रुँदै अँगालो हाले ।

भिडियोमा देखिएको यो दृश्यले धेरैलाई भावुक बनाएको छ । एजेन्सी

https://youtu.be/bgBXpGfeIiw

तपाईको प्रतिक्रिया