वल्ड नेवाः अर्गनाईजेशन जापानको होटेल मिकाजुकि, नाकानोसिमा आइलाण्ड र उमिहोतारुको सांस्कृतिक तथा मनोरन्जनात्मक भ्रमण कार्यक्रम हिजो सम्पन्न भएको छ ।
भ्रमण कार्यक्रम अनुसार कानागावाकेनबाट चिबाकेन सम्म समुद्र भित्र बनाइएको ९.५ किलोमिटरको उमिहोतारु टनेलको अवलोकन गरी चिबाकेनको नाकानोसिमा आइलाण्डमा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
नाकानोसिमा आइलाण्डमा भएको संन्स्कृतिक कार्यक्रममा नेपालबाट सहभागी हुनआउनुभएकी डा.प्रातिशा शाक्य र स्थानीय कलाकारहरू रिया जोशी ,प्रकाश श्रेष्ठ ,रेओन शाक्य र रिओना जोशीले आ–आफ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो भने रिया जोशीको गीतले भरपुर मनोरञ्जन दिएको थियो । मुटु रोगी भीमा कुमारी श्रेष्ठलाई सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूलाई वल्र्ड नेवाः अर्गनाईजेशन जापानको तर्फ बाट हार्दिक धन्यवाद दिँदै इन्दिरा सुजुकी राजभण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
जापानमा व्यस्त ठाउँमा बसेर पनि समय निकाली आफूलाई सहभागी गराएकोमा डा.प्रतिशा शाक्यले आयोजकलाई धन्यवाद दिँदै नेपालका कलाकारहरुलाई प्रोत्साहन दिन यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन अनुरोध गर्नु भएको थियो । त्यस्तै उक्त दिन होटेल मिकाजुकिमा भएको भेलाले २०१६ अगस्त ६ र ७ मा शिबुयाको योयोगी पार्कमा हुने नेपाल दे फेस्टिभलमा लाखे तथा झ्यालिंचा नाच र नेवार भेषभुषा र नेवार नृत्यको प्रदर्शन गर्ने निर्णय भएको छ ।
नेपाल फेस्टिभलका दिन जापानमा बस्नु हुने सम्पूर्ण नेवार दाजुभाइ दिदीबहिनीहरु सक्दो आफ्नो भेष भूषामा सहभागी भई दिन बिनम्र आग्रह गर्दै सकेसम्म आफू पनि नसके आफ्नो बाल बालिकाहरुलाई मात्र भए पनि नेवार भेषभुषामा सहभागी हुन् अनुरोध गरिएको छ । नेपालका नेवार कलाकारहरुलाई प्रोत्साहित गर्ने उदेश्यले निकट भविष्यमा नेपालबाट कलाकारहरुलाई जापानमा बोलाई यस्तै कार्यक्रम गर्ने निर्णय गरी कार्यक्रम समापन गरिएको थियो ।
आफ्ना सपना बोकेर जापान आएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई गोलबन्द गरी सामाजिक दायित्व बोध गराउँदै रचनात्मक तथा सिर्जनात्मक कार्यमा प्रोत्साहित गर्ने ,आपसी भेटघाट र शुभकामना आदान प्रदान र मनोरन्जन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । नेवार भेष भूषाका लागि सके आफैले नसके वर्ल्ड नेवाः अरगनाईजेशन जापानमा सम्पर्क गर्न सकिने पनि बताइएको छ ।








