Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले तत्काल सरकार परिवर्तन सम्भव नभएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम उहाँले भन्नुभयो, ‘वर्तमान प्रधानमन्त्रीसँग गोली भरिएको बन्दुक छ र यही सरकार राष्ट्रिय सहमतिको सरकार नबने संसद बिघटन गरि निर्वाचनमा जान सकिन्छ।’

वर्तमान सरकारले स्थानीय निकायको निर्वाचनसम्म आफ्नो उपस्थिति जनाउने भन्दै उहाँले यो सरकार न्यूनतमा एक वर्षसम्म रहने दाबी गर्नुभयो ।नेपालमा रहेका ठूला राजनीतिक दलहरुमा १० प्रतिशत र २२ हजार कर्मचारी भारतको एजेण्डा भएको भन्दै बिजुक्छेंले भारतले नेपालमा आफ्नो पहुँचकै आधारमा परिवर्तनको खेल खेल्ने गरेको बताउनुभयो ।

बिजुक्छेंले भारतले संबिधान प्रति देखाएको समर्थन सरकार परिवर्तन गरि आफ्नो पहुँच बढाउन लागेका भन्दै भारतसँग मिलिरहेका बिदेशीहरुले समेत नेपालमा सरकार परिवर्तनको खेल सुरु गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया