Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इराकमा आतङ्ककारीको शृङ्खलाबद्ध बम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
इराकको राजधानी बग्दादको व्यस्त बजारमा आज भएको विस्फोटमा मारिने ७९ मध्ये अधिकांश बालबालिका छन् ।

सयौँ व्यक्ति गम्भीर घाइते भएको घटनाले सम्पूर्ण विश्वलाई नै स्तब्ध बनाएको सभापति देउवाले जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ । “अफगानिस्तान, टर्की र बङ्गलादेशमा आतङ्ककारीले अमानवीय तवरले धेरै व्यक्तिको हत्या गरेको घटना सेलाउन नपाउँदै इराकको आक्रमणले विश्वलाई फेरि शोकविह्वल बनाएको छ, विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका घटनाको काँग्रेस निन्दा र भत्र्सना गर्दछ”–वक्तव्यमा सभापति देउवाले भन्नुभएको छ ।

हत्या, हिंसा र आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्दछ भन्ने काँग्रेसको स्पष्ट धारणा रहेको उहाँको भनाइ छ । दुःखद् क्षणमा इराक सरकारमार्फत् पार्टीका तर्फबाट सहानुभूति प्रकट गर्दै सभापति देउवाले धैर्यताका साथ अघि बढ्न इराकी जनतालाई आग्रह गर्नुभएको छ । उहाँले वक्तव्यमा दिवङ्गत आत्माको चीर शान्ति, परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया