Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

विश्वास बिनाको माया थियो हाम्रो
अब, गन्तव्यमा कहाँ पुग्छ र !

खहरे हैन फेवा, बेगनास भयो जीवन
अब, वेदनाको पानी कहाँ सुक्छ र !

बेचैन छ मन, शून्य लाग्न थाल्यो गगन
अब दुई नयनका आँसु कहाँ रुक्छ र !

समालिँदा समालिँदै छटपटिन्छ मन
अब यो मन बुझाउँदैमा कहाँ बुझ्छ र !

तिम्रो गल्तीमा दोषी यो शिर
अब झुकाउँदैमा कहाँ झुक्छ र !

दैवको छल, भाग्यको फल
टार्दैमा कहाँ टर्छ र !

जहाँ टेक्यो उहीँ खाडल जमिन नै धराप भएपछि
शरीरको गर्व कहाँ पुर्जा पुर्जा नै खराब भएपछि

कहाँ लुकाउँ यी दुस्ख कसलाई पोखुँ मनको बह
फाप्दै नफापोस् सुख भन्ने सतिको सराप भएपछि ।

तपाईको प्रतिक्रिया