Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

नेपालमा संविधान सभाको आफ्नो काममा ढिलासुस्तीले सुस्ताएको बेला र सरकारमा नेपाली कांग्रेस कै सभापति को नेतृत्वमा हुँदा पनि उत्कृष्ट जनचाहाना अनुरुपको काम र प्रस्तुति हुन नसकिरहेको अवस्थामा नेपाली कांग्रेस कै बिदेश स्थित शाखा सगंठन, जनसम्पर्क समिति जापानको अधिबेशनको चुनाबी सरगर्मी गरम गरम बन्दै गईरहेछ ।

दसकौ लामो यात्रा तय गरिरहेको यस संगठन उत्कृष्ट जनसम्पर्क मध्यकै पर्छ भन्ने कुरा तर्क संगत र न्याय संगत छ। विगत नेतृत्व कालदेखि प्रत्यक्ष-अप्रत्क्षय रुपमा नेपाली कांग्रेसलाई मजबुत र संगठित गर्ने अभियानमा निरन्तर लागिपरेकै हो यसको शुरुवाति श्रेय पूर्व सभापति महेशकुमार श्रेष्ठ र उनको टिम लाई नै जान्छ भन्नु पनि यथार्थतापरक हुन्छ । संगठनको नेतृत्व गर्ने अबसर आउदाँ केही प्रतिस्पर्धा, केही मतभेद,  केही मत अभिमत हुदै आएका छन । बिवाद पनि नभएका होईनन्,कसैका ब्यक्तिगत कुण्ठाले होस वा कसैका जानी नजानी जित्नैपर्छ भन्ने भावना बोक्दा विगतमा केही तिता र नमिठा अनुभब हामी सबैले र यो संगठनले महशुस र भोगेको अवश्य हो, तर पनि आजका दिन सम्म आईपुग्दा ऐना जस्तै छर्लड्ग भएको छ । त्यसमा हिजोको नेतृत्वको टिम हामी सबैले कमजोरी खुला रुपमा आत्मबोध गर्न सक्नु नै आजको यथार्थतापरक महान कार्य हुन्छ ।

यस्ता चक्रब्यहु हुदाँ हुदै पनि विश्वका अन्य देशका जनसम्पर्क समितिमा लागेको विभाजन रोग को ब्याक्टेरियाले जापानमा आक्रमण गर्न सकिरहेको छैन किनकी  !  कर्मठ, कांग्रेसी भावाना र सिद्धान्त बुझी ब्यक्ति भन्दा संस्था माथि छ र हुनुपर्छ  भन्ने जमात नेतृत्व देखि तल सम्म कायमै छ । त्यो नै जनसम्पर्क समिति जापानको पहिचान को एउटा ज्वलन्त उदारहण हो ।

अबको जनसम्पर्क विगतको धुमलिएको इतिहास र कोठे र खुरापाति कुरामा मात्रै सिमित नभई स्पष्ट रूपरेखा सहितको २ बर्षे कार्य योजना तय गरि संगठनमा आस्थावान जनमानस, वर्ग र तप्कालाई समेटी जापानमा बसोवास गरीरहेका नेपालीका समस्या, आवश्यकता, भैपरिआउने घटनाक्रममा एक पाईला सगै हिडने प्रयत्न गर्न जरुरी छ, न की हप्तैपिच्छे हुने कार्यक्रममा अतिथिको कुर्चीमा मात्रै सीमित गर्ने हो भने केवल निरन्तरता हुनेछ ।

समाजलाई गोरेटो देखाउने कामको शुरुवात हामीबाट गर्न सकिएन भने ! हामी राजनीतिको ठुला ठुला शब्दकोशबाट अक्षर र शब्द सापट गरी भाषण गर्नु ब्यर्थ साबित हुनेछ । राजनितीको निचोड नै समाजसेवा हो, समाजसेवा नै धर्म हो, सामाजिक उत्तरदायित्वको जिम्मेवारी बोधले नै तपाई र हामी लाई साथै नेपाली कांग्रेसलाई उचाईमा पुराउने छ । अझ आज त जापानमा नेपाली समाजको भविष्य र सुनिश्चितता खोज्नुपर्छ । दिनानु दिन बढदै गएको संख्यात्मक बृद्धि, बिधार्थी भिसामा आउनेहरुको चाँप र उनीहरुको समस्याका साथै शुरुका दिनमा जापानमा कसरी संघर्ष गर्नुपर्छ । धैर्यता नै साहस हो भन्ने भावाना विकसित गराउन सक्नुपर्छ, समाजमा रहेका अन्य जिम्मेवार संस्थालाई त्यसप्रति लाग्न हामीले नेतृत्व गर्नुपर्ने आवाश्यकता छ । न की कुनै नेताको सेवा गुलामी, चन्दा र चाकडी गरि नेतासंगै टाँसिएर बस्छु भन्ने भावनाको अन्त्य गर्न जरुरी छ । भोलिका दिनमा नेताहरु कार्यकर्ता खोज्दै आउने जापान जनसम्पर्क समिति बनाउनुछ ।

यो निणार्यक घडीमा सहि र आवश्यक ब्यक्तिको चयन र नकारात्मक प्रवृति परास्त गर्दै  उर्जाशील साथीहरुले नेतृत्व गरुन भनि निस्वार्थरुपले मत जाहेर गर्नुपर्ने समय र मौका पनि हो । झण्डै दश बर्षको लगातार सक्रियता र निरन्तरता गर्दै गर्दा म आफु बाट पनि भएका गल्ति कमजोरी वा व्यक्तिगत पदलाभको लागि कुनै एजेण्डा र निर्णयमा सहमत, बिमति भएका भए, हृदयदेखि आत्मसात गर्दै गल्ती स्वीकार्छु पनि । मैले यस अबधि आफु पाएको जिम्मेवारी पूर्णरुपले निर्वाह गर्दै आएको बिगत साँक्षी छ । कान्तो क्षेत्रको संस्थापक संयोजक, सुनामीले पीडित जापानी १२०० नागरिकलाई  प्रभावित क्षेत्रमा गई खाना खुवाउन संयोजकको जिम्मेवारी, जनसम्पर्कले बनभोज कार्यक्रम गर्दा संयोजकको जिम्मेवारी लगायत विगतको कार्यसमितिमा प्रवक्ताको जिम्मेवारी बहन गरि यहाँ सम्मको यात्राले जनसम्पर्कले एउटा मेरो पहिचान बनाएको छ, साथीहरुको बिश्वास मलाई पनि उर्जा थपिएको छ यसरी नै म जस्तै कयौ साथीहरुका लागिरहेका छन, आज पनि जनसम्पर्कको पहिचान तिनै क्रियाशिल साथीहरुको योगदान र भरोसामा उभिएको छ ।

कुकर्मलाई पछि छोड्दै सतकर्म तिर लम्क्यौ भने हरेक ब्यक्ति आफ्नो बिगतलाई इतिहाँस बनाउन सक्छ र समाजले उसैलाई नेतृत्व मान्छ । यो जुट्नेबेला हो फुट्नेबेला होईन, यो भेट्ने बेला हो मेटाउने बेला होईन ! उचालेर पहाड चढिदैन खुट्टाको सामर्थ्य भए भारी बोकेर पनि त्यही पहाड चढ्न सकिन्छ  !  हतार र हत्तासले न आफुलाई सिगारछ, आखिर आफ्नै गन्तब्य बिगार्छ ! यो बेला समय घडि र परिधि ले एउटा उत्कृट नेतृत्व अवश्य चयन गर्ने छ, नेपाली कांग्रेसको साख उच्च राख्दै जापानमा जनसम्पर्क समितीको प्रभाव अझ प्रगाढ बन्दै जानेछ । केन्द्रमुखी हुने प्रवृति को अन्त गर्दै जनमुखी हुने अपेक्षा प्रतिवद्धता गर्दै समाजको ध्यानआर्कषण गर्दै जानुपर्ने छ ।

सफलता नै सामुहिकता हो भने सामुहिकता नै सुनिश्चितता हो ! सुनिश्चितता नै जित हो !! ब्यक्तिले होईन संस्थाको जित हुनुपर्छ ब्यक्ति केबल अग्रमनको पात्र हो ! उ आफ्नो संस्थाप्रतिको उत्तरदायित्वमा बाँधिएको हुनुपर्छ । यही समाज हो भोली पदिय दायित्वबाट वन्चित भएपछि पनि लेखाजोखा गर्ने र प्रश्न चिन्ह खडा गर्ने अधिकार बोक्छ ! त्यो बेला नाजवाफ बन्नु भन्दा आजै नै आफुलाई सहिमार्गमा गतिशिल गर्नु सबै उम्मेदावारीमा आँकाक्षी साथीहरुलाई अनुरोध !!

जय जनसम्पर्क !  जय नेपाल !!

तपाईको प्रतिक्रिया