Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

लुभेन –  नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमले १९ औ विश्व आदिबासी दिबसको अबसरमा आदिबासी दिवस र आदिबासी जनजाती सन्दर्भ बिषयक एक अन्तर्क्रिया आयोजना गर्‍यो ।

तीन्सस्त्रात लुभेन स्थित शुसी लुभेनको हलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथी पूर्व संबिधान सभा सदस्य तथा नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य जिप छिरिङ्ग लामा शेर्पाले विश्वभरका आदिबासीहरू एकत्र हुँदै आफ्नो अधिकार क्रमश: प्राप्त गर्दै गएको सन्दर्भ उल्लेख गर्दै पहिचान सहितको संघीयता बर्तमान नेपालको अपरिहार्यता भएको बताउनु भयो ।

आइतवार आयोजित सो अन्तर्कृया कार्यक्रममा संबिधान निर्माण बिषयगत ११ समिती मध्य राज्यको शासकीय स्वरूप निर्धारण समितिका सदस्य समेत रहेका शेर्पाले पहिचान सहितको संघीयताको बिकल्प छैन तसर्थ नेपाली कांग्रेस पार्टीले हर-हालतमा यो मुद्धालाई आत्मसात गर्नै पर्ने जिकीर गर्नुभयो।

यो मुद्दालाई बेवास्ता गरे कांग्रेसले ठुलो हानी ब्यहोर्नुपर्ने चेतावनी दिदै संबैधानिक समिति निर्माण भएर पनि निकम्मा रहेकै कारण संबिधान नबनेकोमा रोष प्रकट गर्नुभयो ।

पूर्व सभासद शेर्पाले शासकीय स्वरूप अन्तर्गत राष्ट्रपती र प्रधानमन्त्री चुनिने लगायत बुदागत निर्णय गर्नुपर्दा समितिको बैठकमा हात हालाहाल भएको तितो सत्य बताउदै गणतन्त्रको घोषणा गरे जस्तै संबिधान निर्माण पनि सहज हुने औधी बिश्वास गर्दा नपत्याईकन संबिधानसभा बिघटन भएको बताउदै संबिधानसभा बिघटनमा थुप्रै रहस्यमय कुरा लुकेको उल्लेख गरे पनि त्यो रहस्य के हो वहाँले बताउनुभएन ।

आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष पिजी शेर्पाको सभापतित्वमा सम्पन्न सो अन्तर्क्रिया कार्यक्रममा शेर्पा किदुक (समाज ) बेल्जियमका अध्यक्ष सोनाम शेर्पा लगायत ठूलो सन्ख्यामा उपस्थित सो समाजका सदस्यहरूले सभासद लामाको सम्मान पनि गरेको थियो भने आदिबासी जनजाती महासंघ बेल्जियम का सचिब छिरिङ शेर्पाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

विश्वभरका आदिबासी जनजातीहरूले बिस्तारै अधिकार प्राप्त गर्दै गई रहेको सुखद प्रसँग कोट्याउदै सयुक्त राष्ट्रसंघद्वारा अनुमोदित र जेनेभा कन्भेन्सन आइएलओ १६९ लाई मान्यता दिई कार्वान्वयन गर्न माग गर्नु भयो । राष्ट्रसंघले अनुमोदन गरिसकेको बिषयलाई अझ पनि नेपालमा बेवास्ता गरियो भने दबाबका लागि यूरोपभरका नेपाली आदिबासी जनजाती मिलेर यूरोपेली संघ र यूरोपेली ससदको ध्यानाकर्षण गरिने बताउनुभयो ।

सो आदिबासी दिबस र अन्तर्क्रिया कार्यक्रममा जनसंपर्क समिती यूरोपका महामन्त्री गंगाधर गौतम, संघीय समाजबादी पार्टी बेल्जियमका अध्यक्ष नेत्र मगर, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ, एनआरएन बेल्जियमका पूर्व अध्यक्ष युबराज गुरुङ ,शेर्पा समाज यूरोपका उपाध्यक्ष फुला शेर्पा , किरात राई यायोक्खा युरोपका संयोजक केजिन राई ,बिश्व मगर संघका कोषाध्यक्ष लोक राना लगायत सय जना भन्दा बढीको उपस्थिति रहेको थियो । ***

तपाईको प्रतिक्रिया