Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

लण्डन । बेलायतबाट सञ्चालित अनलाइन पत्रिका नेपाल बृटेन डट कमले आफ्नो सातौं बार्षिक उत्सव अवसर परेर बेलायतका चर्चित दस नेपाली व्यक्तित्वको घोषणा आउँदो साता गर्ने भएको छ । त्यसको सम्पूर्ण तयारी पूरा भइसकेको अनलाइनले जनाएको छ । अनलाइन पत्रिकाले हरेक बर्ष अगष्ट महिनाको पहिलो साता उक्त घोषणा गर्दछ । बेलायतमा बिभिन्न पेशा र संघसंस्थामा लागेर नेपाल र नेपालीका लागि उत्कृष्ट योदान गरेका व्यक्तित्व सम्मानका भागिदार बन्ने निर्देशक चिरन्जीवी ढकालले बताए । विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी, सर्वसाधारणबाट प्राप्त सुझावलगायतको मापदण्ड बनाएर ब्यक्तित्व चयन गरिने ढकालले जानकारी दिए । उनीहरुलाई सेप्टेम्बर महिनाको २२ तारिख आइतवार लण्डनमा एक कार्यक्रम गरी मिडिया पर्सानालिटी अफ दि इयर २०१३ ले सम्मान गरिने छ । सोही दिन बेलायतमा रहेका विभिन्न सञ्चारकर्मी तथा बैद्धिक ब्यक्तित्वको सहभागितामा नेपाली मिडियाको सम्भवना र चुनौती बिषयक एक दिने गोष्टी गरिने अनलाइनले जनाएको छ । सो कार्यक्रममा भाग लिन आउन बेलायतमा रहेका सबै पत्रकारलाई अनलाइनले आग्रह गरेको छ ।   गत बर्ष मिस नेपाल सृष्टि श्रेष्ठ, मेजर रिटायर्ड, डम्बर घले, बेलायतका लागि नेपाली राजदूत डा. सुरेशराज चालिसे, अधिकारकर्मी ज्ञानराज राई, सोलिसिटर राजु थापा, गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, गायक विवेक श्रेष्ठ, तमुधी युकेका अध्यक्ष हुन मुच्छेत्र गुरुङ, समाजसेवी शान्ति गुरुङ र व्यवसायी नरेन्द्र कडेल चर्चित दस व्यक्तित्वमा पर्न सफल भएका थिए ।   दस व्यक्तित्वको चयन गर्न नेपाल नेपाल बृटेन डट कम को सम्पादकीय मण्डल र बेलायतका विभिन्न नेपाली सञ्चार माध्यममा कार्यरत पत्रकारको समूहले सहयोग गरेको छ । चयनको मुख्य आधार बेलायतमा प्रकाशित पत्रपत्रिका, अनलाइन मिडिया, टेलिभिजन र इमेलबाट प्राप्त सुझावलाई आधार बनाइए निर्देशक ढकालले बताए । ***

तपाईको प्रतिक्रिया