Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

Nederlandsद हेग –  विश्वमा शान्तिका अग्रदुत र एसियाको प्रकाशकोरुपमा परिचित गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको विषयमा कतिपय देशका जनतामा रहेको भ्रम र पाठ्यपुस्तकहरुमा समेत रहेको गलत जानकारीहरुलाई सच्याउन प्रयास गर्ने उद्देश्यका साथै छिमेकी मुलुक भारतले विहार राज्यको पिपरहवामा नक्कली लुम्बिनी कपिलवस्तुको निर्माण कार्य अन्तिम चरणमा पुरयाएर विश्वभर शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी कपिलवस्तु नेपालमा भएको शास्वत सत्यलाई दिग्भ्रमित बनाउदै गएको परिवेशमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान (कपिलवस्तु दिवस अभियान) को सूत्रपात भएको हो ।

नेपाल सरकारले अन्तरराष्ट्रियस्तरमा त्यस दिग्भ्रम र दुष्प्रचारलाई निराकरण गरि बुद्धको जन्मस्थल नेपालमा रहेको सत्यलाई दृढताका साथ स्थापित गर्ने प्रयास गरेको अवस्था नदेखेपछि अन्तत: विदेशमा छरिएर रहेका नेपालीहरुले जनस्तरबाट सन् १ डिसेम्वर २००९ ईतिहासमा पहिलो पटक कपिलवस्तु दिवसको नामबाट १ डिसेम्वरलाई विश्व दिवसकोरुपमा विश्वभर बुद्धको जन्मस्थल नेपालमा रहेको तथ्यलाई स्थापित गर्न विभिन्न कार्यक्रम गरि मनाउने कार्यको थालनी भयो ।

सन् १ डिसेम्वर २०११ मा यस अभियानको काठमाडौंमा भएको अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीले अभियानको नाम परिमार्जन गरि ‘लुम्बिनी-कपिलवस्तु दिवस अभियान’ नामाकरण गरियो । अभियानको तेश्रो बार्षिकोत्सब मनाउनु अघि स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिए । नाम परिवर्तन गरिए पश्चात मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन, इजरायल, स्वीटजरल्याण्ड र पोल्याण्डमा राष्ट्रिय समिति गठन भएपछि राष्ट्रिय समितिको संख्या सोह्र पुगेको छ । त्यसरी नै नेपालमा पत्रकारहरुको र पर्यटकहरुको समिति गठन गर्ने र स्थानीय स्तरमा समेत समितिहरु गठन गर्ने काम भए भने स्कटल्याण्ड र मेलबर्नको लाट्रोब युनिभर्सिटीमा विद्यार्थीहरुको र जर्मन र अस्ट्रेलियामा स्टेट स्तरीय समिति पनि गठन भएका छन ।

सन् २४ जुन २०१३ मा नेदरल्याण्डको द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय परिसरको पिस प्यालेसमा बुद्धको प्रतिमा प्रतिस्थापन कार्यक्रममा अभियानको तर्फबाट प्रतिनिधित्व गर्नुभएका अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको सहभागिता र सक्रियताका साथै अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ र विश्व समिति सल्लाहकार प्रो. डा. कविताराम श्रेष्ठको सल्लाह र सुझावअनुरुप उक्त ऐतिहासिक अवसरको सन्दर्भमा पछि विस्तार गर्न सकिने गरि हाललाई सात सदस्यीय तथा ३ सल्लाहकारसहितको अभियानको १७ औं लुम्बिनी-कपिलवस्तु दिवस अभियान राष्ट्रिय समिति, नेदरल्याण्ड गठन गरिएको छ । राष्ट्रिय समिति गठनको अवसरमा अभियानका विश्व कार्य समितिका सदस्य तथा बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपानेको पनि उपस्थिति थियो ।

उक्त समितिको राष्ट्रिय संयोजकमा नेपाली जनसम्पर्क समिति, नेदरल्याण्डका संस्थापक उपाध्यक्ष कृष्णराज अधिकारी चयन हुनुभएको छ । अन्य संयोजकहरुमा पत्रकार दिनेश खरेल, समाजसेवी गोविन्दप्रसाद घिमिरे, अन्तर्राष्ट्रिय कलाकार मंच, नेदरल्याण्डको अध्यक्ष श्रीमती सावी रिजाल, एरो इन्जिनियर विद्यार्थी अभय सेन अधिकारी, व्यवसायी श्रीमती सीता चुडाल, एनआरएनए राष्ट्रिय समन्वय परिषद, नेदरल्याण्डका सदस्य उत्तम कंडेल रहनु भएको छ । राष्ट्रिय समिति सल्लाहकारहरुमा एनआरएनए नेदरल्याण्डका पूर्व अध्यक्षद्वय हरि पौडेल र शसि पौडेल र एनआरएनए नेदरल्याण्डका अध्यक्ष नारायणप्रसाद आचार्य रहनुभएको छ । ***

तपाईको प्रतिक्रिया