Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
budi aamaकाठमाडौं – आमाको अँगालोमा माइला छोरा निकै बेर भक्कानिए। पाँच पाण्डवझँै पाँच छोराकी आमालाई वृद्धाश्रममा भेट्दा उनी सम्हालिनै सकेनन्। दुई वर्षअघि जेठो छोराले सडकमा फालेपछि अलपत्र वृद्धाबारे नागरिकले सार्वजनिक गरेपछि उनलाई ६ महिनाअघि धापासीस्थित पवित्र समाज नामक संस्थाले कालिमाटीस्थित माली आयलस्टोरको पेटीबाट उद्धार गरी आश्रय दिएको थियो।
दिल्लीमा बस्दै आएका माइला छोराबुहारी राम–चित्रा राजथला आश्रममा आइपुगेका थिए। आमाको सडकमा बास भएको खबरले मन थाम्न नसकेर खोज्दै नेपाल आएको राम दम्पतीले बताए।
माइलालाई देख्नासाथ आमा भक्कानिँदै भनिन्, ‘जेठाले मलाई सडकमा फाल्यो, तिमीहरुले खोजेनौं,’ उनले आँसु पुछ्दै भनिन्, ‘जन्माउँदा पाँच पाण्डव पाएजस्तै खुसी थिएँ, तर तिमीहरुले बिर्स्याै।’
छोराको अँगालोमा आमाको आँसु अविरल थियो। आमाले एकहोरो छोरोसँग अँगालो मारेर घन्टौं मनका कुरा पोखिरहिन्। ‘मैले मेरो कोखबाट तिमीहरु पाँच दाजुभाइ जन्माएँ,’ उनी छोरासँग पोखिइन्, ‘पाखुरा चलुन्जेल आफू खाई–नखाई पाले, अहिले तिमीहरु निष्ठुरी भयौ।’
उनले आफ्नो घरको एउटा कुनामा राखेर पाल्न छोरासँग अनुनय गरिन्, ‘अब नफाल्नू है माइला?’ आमाको मुखबाट यस्तो सुनेर माइला भक्कानिए। उनले अमालाई आफूसँगै दिल्ली लैजाने बताए।
आमा सडकमा अलपत्र रहेको समाचार पढ्दा आफ्नै मनले धिक्कारेको उनले बताए। आमाको खुट्टा ढोग्दै माइला छोरा रामले भने, ‘म हजुरलाई अब कहिल्यै आफूबाट टाढा हुन दिन्नँ।’
जेठो दाजु कृष्णले पाल्छु भनेर ल्याएको हुनाले आफूहरु ढुक्क भएको उनले सुनाए। बुहारी चित्रा पनि भावुक हुँदै आमालाई म्वाइँ खाइन्। आमाले पनि छोरी भन्दै गालामा म्वाइँ खाइन्। बुहारीले खुट्टा ढोगिन्। आमाको हात आशिषका लागि बुहारीको टाउकोमा उठ्यो।
आमालाई सधैँ आफूसँगै राख्ने बाचा गरिन् चित्राले।
बुबा शंखलाल कामको सिलसिलामा दिल्ली बसेकाले पाँचै भाइ बाबुआमासँगै दिल्लीमा हुर्केका हुन्। राम दम्पती नयाँदिल्लीको नेताजी गल्लीमा २० वर्षे छोरी, १८ र १४ वर्षको दुई छोरासँगै बस्दै आएका छन्। मासिक २० हजार भारतीय रुपैयाँ कमाउने उनी इन्डिको कार चढ्छन्।
‘हामी त्यहाँ कति ऐशआरामसँग बसिरहेका छौं,’ माइलाले आमालाई बोक्दै भने, ‘तर हाम्री आमा यहाँ सडकमा मागेर दुःख भोगेको देख्दा भोलि मलाई पनि मेरो छोराले यस्तै गर्ने पो हो कि भन्ने पीर भयो, आज आमालाई आफूसँग पाउँदा जीवनको सबैथोक पाएको अनुभूति भएको छ।’
दिल्लीबाट ५ वर्षअघि आफैँ पाल्ने भन्दै आमालाई काठमाडौं ल्याएका जेठो छोरो कृष्णले कुटपिट र अपमान गरी दुई वर्षअघि सडकमा अलपत्र छाडिदिएका थिए।
माइला छोराका अनुसार जेठो दाजु कृष्णको केही महिनाअघिमात्र काठमाडैंमै मृत्यु भइसकेको छ भने साइँलो लक्ष्मण पाँच वर्षदेखि साउदी छन्। काइँलो कुमारको विवाह भएको छैन। ऊ र कान्छो दिल्लीमै चालक काम गर्छन्। सम्पन्न हुँदाहुँदै दाजुभाइको कलहले आमा सडकमा फालिएकी रामले खुलाए।

तपाईको प्रतिक्रिया