Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

बु्रनाई-किरात राई यायोक्खा महासघं ब्रुनाईको आयोजनामा गत न्यु क्वार्टर बन्दार सेरी बेगवान ब्रुनाईको राजधानी नजिकैको गाउँमा साकेला उभौली (येलेदङ्ग ५०७३) भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम सोम थुलुङ्गको सभापतित्व र साकेला महासंघ ब्रुनाईका अध्यक्ष समाजसेवी सिनियर क्या. रघुविर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सोम थुलुङ्ग तथा गायक किशन राई र समाजसेवी क्या. बद्री राईलाई कार्यक्रमको नाक्छोङ (किराँती धामी) विदुरराज मुकारुङ्गले टाउकोमा सेतो फेटा लगाई दिएर सम्मान गर्नुभएको थियो । कार्यक्रमको उदघोषण बिदुर राज मुकारुङ्गले गर्नु भएको थियो ।sakela
कार्यक्रममा भोजपुर निवासी जितेन्द्र वान्तवा राईले किराँत समुदायले आफूले लगाएको अन्नवाली पाकेपछि आफ्नो देवतालाई चढाउने र खानका लागि अनुमति माग्ने साथै पितृलाई स्मरण दिलाउने यो पर्व अति नै महत्वपूर्ण छ भन्नुभयो । वालवालिका, वृद्धवृद्धा सबै एक आपसमा गोलो घेरा लगाएर विभिन्न जनावर, चराचुरुङ्गीहरुको नक्कल गर्दै साकेला नाच नाच्ने गरिन्छ । नाचमा सहभागी दोस्रो गोर्खा पल्टनका सार्जन्ट जितेन्द्र राईले विशेष चौंरीको पुच्छर जनावरहरुको नक्कल गर्न प्रयोग गरिने बताउनुभयो । साकेला नाचमा सहभागी पुरुषहरुले खाडीको दौरा सुरुवाल, कोट, ढाका टोपी, मयूर र लुइचेको प्वाँख लगाउने प्रचलन छ भने महिलाले छिटको गुन्यू, ढाको पछ्यौरी, मखमल वा ढाकाको चोलो, सेतो पटुकी लगाउने चलन छ । गरगहनाहरुमा ढुङग्री, मुन्द्र, वुलाकी, हारी, सिक्काको माला लगाउँछन् । उभौली र उधौली नामले वर्षमा दुइ पटक किराँत समुदायले यो पर्व मनाउने गर्दछन् । कुखुराको भाले, पोथी र सुँगुर आदि जनावरको बलिदिने चलन छ । वाली लगाउने बेलामा भने उभौली पर्व मनाउने प्रचलन छ । साकेला उभौली वैशाख पूर्णिमाको दिन उधौली मंसीर पूर्णिमाको पूर्ण चन्द्रमा उदाउने बेलामा मनाउने गरिन्छ ।
हालैका दिनहरुमा आएर साकेला नाच राजधानी काठमाण्डौ लगायत नेपालको पूर्वी जिल्लाहरुमा विशेष गरेर झापा, मोरङ्ग, सुनसरी, भोजपुर र खोटाङमा बढी मात्रामा प्रचलित रहेको छ । त्यसो त यतिखेर नेपालभन्दा बाहिर पनि सिक्किम, अमेरिका, बेलायत, हङ्गकङ्ग, जापान, कोरिया, मलेसिया, कतार र ब्रुनाईमा समेत मनाउने गरिन्छ ।

sakela-2

तपाईको प्रतिक्रिया