Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

ramjiदुबई – नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक रामजी खाँड आगामी महिना जूनको १३ र १४ मा दुबई आउने भएका छन्  । दुबईस्थित अस्टोरिया होटलको कम्पाउण्डभित्र संचालनमा रहेको याक एण्ड यति लोक दोहोरी साँझको बिशेष प्रस्तुति “रामजी खाँड बिशेष साँझ” कार्यक्रममा भाग लिनका लागि आउने भएका हुन् ।
विगत १२ बर्षदेखि लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक खाँडले दुबईमा यसभन्दा पहिला पनि “दोस्रो बक्स अफिस फिल्म अवार्ड -२०६९” कार्यक्रममा समेत सहभागिता जनाएका थिए । करीव १५ सयभन्दा बढि लोक दोहोरी गीतहरु गाइसकेका खाँडको चर्चित एल्बमहरु भने “पछौंरी लेऊ बैना”, “यो संसारको रित”, “कति मीठो हाँसो” र “आँखै प्यारो छ” आदि रहेका छन् ।
नेपालमा मात्र नभएर विदेशमा कार्यरत नेपालीहरुप्रति पनि खाँडको गीतको लोकप्रियता बढ्दै गएको अनुमान गरिन्छ । कार्यक्रमको शिलशिलामा जापान, युके, कोरिया, हङकङ लगायत देशहरूमा गइसकेका खाँडको दुबईमा भने दोस्रो पटकको यात्रा हो । यूएईमा हुने प्रायजसो सांस्कृतिक कार्यक्रमहरुमा धेरै जसो लोक दोहोरीहरुको नै प्रस्तुति हुने गर्दछन् ।
लगभग २ लाख ४० हजारको हाराहारीमा नेपाली कामदारहरु बसोबास गरेको यूएईको केन्द्र मानिने दुबई शहरमा विगत केही वर्ष अगाडिदेखि याक एण्ड यति लोक दोहोरी साँझ एण्ड नेपाली रेष्टुरेण्टले विभिन्न नेपाली परिकारहरु पस्कनुका साथ नेपाली सांगीतिक क्षेत्रलाई पनि उजागर गरेको छ । यस बिशेष साँझमा गायक खाँडको विभिन्न धमकेदार प्रस्तुतिहरु रहने गायिका संगीता थापाले बताइन् । साथै खांड दुबई आउने खबरले यूएईका संगीत प्रेमीहरू पनि निकै उत्साहित भएका छन्।

 

तपाईको प्रतिक्रिया