अष्ट्रेलिया – अष्ट्रेलियामा रहेका नेपाली शेष घले यसबर्ष पनि अष्ट्रेलियाको दुई सयजना धनाढ्यको सूचीमा पर्न सफल बनेका छन् । यसबर्ष उनीसागै उनकी श्रीमती जमुना घले समेत अष्ट्रेलियाको धनीको सूचीमा पर्न सफल बनेकी छिन् ।अष्ट्रेलियाबाट प्रकाशन हुने गरेको बिजनेश रिभ्यु विक्ली (बिआरबी) ले प्रत्येक बर्ष निकाल्दै आएको धनाढ्यहरुको सूचीमा उनीहरुको नाम पर्न सफल भएको हो ।
यसबर्षको सूचीमा घले १ सय ८० नम्बरका धनी बनेका छन भने उनकी श्रीमती जमुना घले १ सय ८१ औं नम्बरमा रहेकी छिन् ।
अष्ट्रेलियामा मेलबर्न इन्स्टिच्युटम अफ टेक्नोलोजीका साथै रियल स्टेट लगायतका व्यवसायमा सफल रहेका घलेको सम्पती यसबर्ष १ करोडले बृद्धि भएर २६ करोड ५० लाख डलर रहेको छ । सम्पती १ करोड डलरले बढेको भएपनि उनी यसबर्षको सूचीमा गतबर्षको भन्दा १४ नम्बर तल झरेका छन् । गतबर्ष उनी १ सय ६६ औं धनीका रुपमा थिए ।
२०१४ सालमा नेपालको लमजुङ्गमा जन्मिएका घलेले राजधानीमा इन्जिनियरिङ्ग बिषय अध्ययन गरेका छन् ।








