पोल्याण्ड-२५५७ औं बुद्ध जयन्तीको अवसरमा लुम्विनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको पहलमा र एनआरएनए पोल्याण्डका सचिव तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका महासचिव मित्रलाल पार्देको संयोजकत्वमा ९ सदस्यीय लुम्बिनी-कपिलवस्तु दिवस अभियान, राष्ट्रिय समिति पोल्याण्ड गठन गरिएको छ । अन्य सदस्यहरूमा कल्पना न्यौपाने, गुरुदेव पौडेल, कविन्द्र सुबेदी, अनिल सापकोटा, रामकृष्ण कडेल, राजेश कार्की, पुश्कर न्यौपाने र योना दुदास कार्की रहनु भएको छ । साथै समितिले डा. वोधराज सुबेदीलाई राष्ट्रिय समिति पोल्याण्डको सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ । यस अभियानको अन्य देशहरूमा पनि समिति गठन गरिसकिएको छ ।








