युएई- प्रवासी महिला संघ युएई दुबई छेत्रीय कमिटी र शारजाह छेत्रीय कमिटीद्वारा २० औ मदन आश्रीत स्मृति दिवस सम्पन्न गरेको छ ।
सीता भुर्तेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरू गैरआवासीय नेपाली गल्फ सह-संयोजक लोक सुवेदी, प्रवासी नेपाली संघका श्याम पाठक, प्रकाश कोइराला, श्याम कंडेल, युवराज भूषाल, डीएल शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले मदन भन्डारी तथा जीवराज आश्रीतको श्रद्धान्जली सभा आयोजना गरेकोमा प्रवासी महिला संघलाइ धन्यवाद दिंदै अहिलेको परिप्रेक्ष्यमा नेता मदन भन्डारी र जीवराज आश्रीतको नेकपा एमालेलाइ मात्र नभइ सिंगो नेपाललाइ नै खाँचो रहेको कुरा व्यक्त गरे । साथै आजको समयमा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद सबै नेपालीहरूले बुझ्नु पर्नेमा जोड दिएका थिए । उहाँहरूको घटनाको सत्यतथ्य कारण अझै पत्ता लगाउन नसकेकोमा दुःख व्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा सभालाइ विसर्जन गर्दै सभापतिले उपस्थित सबैलाइ धन्यवाद दिनुभएको थियो । कार्यक्रमको सञ्चालन विजयले गर्नुभएको थियो ।








