Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
behuliकाठमाडौ – सप्तरीको कञ्चनपुरका एक परिवारले २० लाख दाइजो लिएर एक वर्षअघि विवाह गरेकी दुलहीलाई राख्न नमानेपछि छिमेकीले सातादेखि दुलहाको घरमा धर्ना दिएका छन् । कञ्चनपुर २ का रामेश्वरप्रसाद रौनियारका छोरा सुमितको जिल्लाकै खोजपुर ७ की लक्ष्मी साहु रौनियारकी छोरी नितुसित १३ असार, २०६८ मा हिन्दु परम्पराअनुसार बिहे भएको थियो तर बिहे भएको १ वर्ष नबित्दै सुमित परिवारले नितुलाई शारीरिक तथा मानसिक यातना दिन थालेको हो ।
एक वर्षदेखि सुमितको मानसिक यातना सहँदै आएकी नितुलाई घरमा राख्नै इन्कार गरेपछि माइती पक्ष र छिमेकी सुमितको घर अगाडि धर्ना बसेका हुन् । रौनियार सेवा समिति कञ्चनपुर र स्थानीय महिला अधिकारकर्मीको नेतृत्वमा बसेका हुन् । ‘ठूलो दहेज लिएर बिहे गरेका परिवारले अहिले आएर बुहारी नराख्नु अपराध हो,’ स्थानीय किरण रौनियारले भनिन्, ‘सुमितले नितुलाई सम्मानपूर्वक घर नभित्र्याएसम्म धर्ना जारी रहनेछ ।’ पछिल्लो पटक सप्तरीस्थित रौनियार जातिमा यस्ता घटना बढेपछि न्यूनीकरण गर्न आफूहरू अभियानमा लागेको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष शत्रुघ्नप्रसाद रौनियारले बताए ।
बिहीबार पीडित नितु पनि आफ्नै पति सुमितको घर अगाडि धर्ना बसेका महिलाको समूहमा सहभागी भइन् । ‘सुमितसित मेरो बिहे भएको हो,’ नितुले भनिन्, ‘बिहेको एक वर्षसम्म राम्रो रह्यो, त्यसपछि एक्कासि ममाथि यातना सुरु भयो, अहिले आएर घरमै राख्न सक्दिन भन्नुहुन्छ ।’ आफूलाई राख्न नचाहनुको कारण पनि नभनेको नितुले बताइन् । भनिन्, ‘म उहाँको श्रीमती हुँ, उहाँले मलाई राख्नुपर्ने मेरो माग हो, मैले न्याय पाउनुपर्‍यो ।’ सुमित काठमाडौंस्थित नेपाल टेलिभिजनमा प्राविधिक
(ओभरसियर) पदमा कार्यरत छन् । नितु पनि स्नातक अध्ययनरत छिन् । सुमितका बुवा-आमाले जेठ १ गतेभित्र छोरालाई झिकाएर समस्या समाधान गर्ने जनाए पनि उनीहरू सपरिवार बुधबार दिउँसो कञ्चनपुरबाट अन्यत्र भागेको रौनियार महिला समिति अध्यक्ष किरण रौनियारले बताइन् ।
सुमितले श्रीमती नितुलाई नराख्नुको कारण उनी कार्यरत नेपाल टिभीकै एक जना महिला कर्मचारीसित प्रेम सम्बन्ध रहेको खुलेको छ । आन्दोलनरत रौनियार सेवा समितिका अनुसार प्रेम सम्बन्धकै कारण सुमितले नितुलाई बीचमा आएर छाडेको दाबी गरेका छन् । पीडित महिला नितुका बुवा लक्ष्मी साहु रौनियारले रौनियार सेवा समितिको अगुवाइमा आफ्नी छोरीलाई सम्मानपूर्वक राख्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालयमा कञ्चनपुरमा जाहेरीसमेत दिएका छन् ।
ज्वाइँ नेपाल टेलिभिजनमा काम गरेको हुनाले माथिको पावर लगाएर आफ्नो जाहेरीमाथि सुनुवाइ हुन नदिएको पीडित महिलाका बुवाको गुनासो छ । ‘२० लाख दहेजसहित झन्डै ३५ लाख खर्चेर छोरीको राम्रो घरमा बिहे गरें,’ उनले भने, ‘तर के थाहा अहिले आएर यस्तो समस्या भोग्नुपर्छ, आफूहरूलाई न्याय प्रदान गराइदिन सम्बन्धित सबैलाई आग्रह गर्छु ।’ इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जाहेरी परेका व्यक्ति काठमाडांैमै रहेकाले झिकाउन समय लागेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया