Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

SG_Myagdi Mona Baljieamबेनी – बेल्जियममा रहेका म्याग्दीलीहरुले पिप्ले गाविसको मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिबीहन स्रोत कक्षा सञ्चालनका लागि आर्थिक सहयोग गरेका छन् ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा चार लाख रुपैया सहयोग उपलब्ध गराएको हो । स्रोत कक्षाको लागि सहयोग जुटाउन गत सात अप्रिलमा बेल्जियममा नृत्य प्रतियोगिता र सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो ।

मोना बेल्जियमका उपाध्यक्ष लोकबहादुर राना, महासचिव रकेन्द्र घिमीरे र कोषाध्यक्ष ज्ञानेन्द्र रकालले प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की लगायत विभिन्न कार्यालय प्रमुख र राजनीतिक दलका नेताहरुको उपस्थितीमा स्रोत कक्षा सञ्चालक समितिका अध्यक्ष पूर्णप्रसाद शर्मालाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

दृष्टिबीहिन बालबालिकामा शिक्षाको पहुँच पुर्‍याउनका लागि स्थापित जिल्लाकै एक मात्र सो स्रोत कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न सहयोग उपलब्ध गराइएको मोना बेल्जियमका उपाध्यक्ष लोकबहादुर रानाले बताउनुभयो ।

SG_Myagdi Mona Helpअपागंता भएका बालबालिकाको शिक्षाका लागि संस्थाले अक्षयकोषको रकम बढाउने योजना बनाएको उहाँले बताउनुभयो । सो कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पनि स्रोत कक्षालाई व्यक्तिगत रुपमा चार हजार रुपैया नगद सहयोग उपलब्ध गराउनुभएको थियो ।

प्रजिअ कार्कीले बेल्जियममा बस्ने म्यादेलीहरुले जन्मभूमिप्रति देखाएको सदभाव र सहयोग प्रशसनीय भएको भन्दै जिल्लाको विकास र सामाजिक क्षेत्रमा निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । स्थानिय विकास अधिकारी बिष्णुप्रसाद शर्माले जिविसले पनि स्रोत कक्षालाई यस वर्ष पूर्वाधार निर्माणका लागि एक लाख रुपैया बिनियोजन गरेको जनाकारी गराउँदै सहयोग जारी राख्ने बताउनुभयो ।

२०६५ सालमा जिल्ला शिक्षा कार्यालय, पलान नेपालको सहयोगमा ज्ञानोदय माविले स्थापना गरेको सो दृष्टिबिहीन स्रोत कक्षामा हाल ९ जना छात्रछात्राले नि:शुल्क अध्ययन गरिरहेका छन् । दिगो स्रोतको अभावमा विद्यालय सञ्चालन गर्न आर्थिक समस्या भएपछि चन्दा सहयोगको भरमा विद्यालय सञ्चालन गरिरहेको विद्यालयका प्रअ निलकण्ठ सुवेदीले बताउनुभयो ।

कार्यक्रममा बेल्जियमका प्रोफेसर डाक्टर इमानुयल इरोथापाडान्स, पलान नेपालका परियोजना प्रबन्धक चन्द्रकुमार कायस्थ, अपांग संघका केन्द्रिय सदस्य केपी अधिकारी लगायतले मन्तव्य व्यक्त गर्दै स्रोत कक्षा सञ्चालन भएपछि दृष्टिबिहीन बालबालीका शिक्षाको पहुँचमा आएकाले यसलाई निरन्तरता दिनु आवश्यक रहेको बताउनुभयो ।

SG_Myagdi ECO Helpज्ञानोदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सुवेदीको अध्यक्षता र शिक्षक बिष्णुप्रसाद रेग्मीले सञ्चालन गर्नुभएको सहयोग हस्तान्तरण कार्यक्रममा दृष्टिबिहन स्रोत कक्षाका शिक्षक गणेश सुवेदीले मन्तव्य र स्रोत कक्षाका विद्यार्थीहरुले गीत मार्फत स्वागत गरेका थिए । ***

 

तपाईको प्रतिक्रिया