बेल्जियम – १ सय २४ औं अन्तरराष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाली जन प्रगतिशील मोर्चा बेल्जियमको आयोजना मा बेल्जियमको आन्त्वेर्पन सहरमा अन्तरक्रिया कार्यक्रम सहित मजदुर दिवस सम्पन्न गरेको छ । संगठनका सदस्य तथा शुभचिन्तकहरुको उपस्थितमा सम्पन्न उक्त कार्यक्रममा ज्ञात अज्ञात वीर शहीदहरूको सम्झनामा १ मिनट मौनधारण गरिएको थियो ।
कार्यक्रममा अधिकांश बक्ताहरुले मजदुर दिवसको एतिहासिक महत्वमाथि प्रकाश पार्दै नेपाल लगायत विश्वका मजदुरहरुको मुक्तिको लागि सर्वहारा वर्गको राज्यसत्ता स्थापनार्थ लड्नुपर्ने बताएका थिए । कार्यक्रममा मोर्चाका सल्लाहकार बिष्णु भुजेलले संगठन र बेल्जियमको बारेमा आफ्नो विचार राख्दै हामी विचारमा श-सक्त छौं । त्यसैले त हामीले जनजाती र नेपालीको बलिदानीको इतिहास इपरमा स्मारक बनाउनु पर्छ भनेर बनाएको समिति बेल्जियममा कार्यान्वन छ । अरुले अर्को समिति बनाएको भ्रम पार्न खोजे पनि अझै सम्म संयोजक बाहेक अरुको नाम दिन सकेका छैनन् । त्यसैले अब एनआरएन बेल्जियमले नेपाल हाउस र इपर बारेमा बेल्जियम वासी नेपालीहरूलार्इ सफाई दिनुपर्ने जरुरि छ भन्नु भयो । त्यसैगरी संगठनका साथीहरुले संगठनको एजेन्डालार्इ बेल्जियमवासी नेपालीको हितमा हुनेगरी अझै उठाएर लैजान सुझाब दिनु भएको थियो । त्यसैगरी मोर्चाका सल्लाहकार तथा जनजाती सरोकार मंच, बेल्जियमका अध्यक्ष रामबहादुर गुरुङले हिजोका दिनमा जसले सर्बहारा वर्गको मुक्तिका लागि आवज उठाएको थियो उही तप्का आज सर्बहारा बर्गको दमनको लागि चरम रुपमा प्रस्तुत भएको छ । अग्रगामी विचार सहितको राष्ट्रिय स्वाधीनताविना नेपाल र नेपालीको मुक्ति सम्भव छैन भन्दै त्यसकालागी सम्पूर्ण मजदुरहरू एक हुनुपर्ने विचार व्यक्त गर्नुभयो । त्यसैगरी सल्लाहकार बदन योंघांगले सर्बहारा बर्गको मुक्तिकोलागि जो , जहाँ भएपनि आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने विचार राख्नु भयो । अन्तमा मोर्चाका महासचिव कुल मगरले भर्खर नेपाल बसाई तथा राजनैतिक भेटघाटको बारेमा आफ्ना अनुभव राख्दै नेपालमा हाम्रो आस्थाको पार्टी नेपाल कम्युनिस्ट पार्टी -माओवादी को नेतृत्वमा जनवादी राज्य व्यवस्था स्थापना हुने आशा र विश्वास ब्यक्त गर्नु भयो ।
उक्त कार्यक्रमको सभापतित्व मोर्चाका अधक्ष्य प्रेम पाठकले गर्नु भएको थियो भने सञ्चालन उपाध्यक्ष सोम थनेतले गर्नु भएको थियो । कार्यक्रममा सचिव सुशीला पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।








