Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
passport_20130406091348कतार- एक जना बंगालीले तीन लाख बंगाली मुद्रा तिरेर नेपाली राहदानी लिएको खुलेको छ । कुवेतस्थित राजदूत मधुवन पौडेलका अनुसार नेपाली नागरिक दुर्गालाल बिसेको नाममा जारी भएको राहदानी ती बंगाली नागरिकले खरिद गरेका थिए । मोहमद बताउने ती बंगालीलाई कुवेतस्थित नेपाली दूतावासले प्रहरीको जिम्मा लगाएको छ । दूतावासले यसअघि नेपाली राहदानी प्रयोग गरेका २६ जना विदेशीलाई पक्राउ गरिसकेको छ ।
‘बंगालीले प्रहरी रिपोर्ट बनाउन आउूदा नेपाली राहदानी प्रयोग गरेर दूतावास आएका थिए,’ राजदूत पौडेलले कान्तिपुरलाई भने, ‘त्यसपछि सोधखोज गर्दा बंगाली भएको पुष्टि भएको हो ।’ कुवेतमा कामदारको भिसा लगाउनुअघि दूतावासको प्रहरी रिपोर्ट चाहिन्छ । त्यसकारण कुवेत पुग्ने सबै नेपाली कामदार प्रहरी रिपोर्ट बनाउन अनिवार्य दूतावास पुग्नुपर्छ ।
 ‘बंगालीले बंगलादेशमै एजेन्टसूग नेपाली राहदानी खरिद गरेका रहेछन्,’ उनले भने । कुवेतमा बंगलादेशका नागरिकलाई आउन प्रतिबन्ध लगाएको हुनाले बंगालीहरूले नेपाली राहदानी किन्ने गरेको बताइन्छ । उनीहरू साउदीको भिसा लगाउन बंगलादेशस्थित साउदी दूतावासमा नेपाली राहदानी लिएर जाने गरेका छन् । त्यहाँ पुग्ने राहदानी बेला- बेला हराउने गरेकाले जुन बेचबिखन हुने गरेको आशंका छ ।
ती बंगालीले दुबई आउूदा बंगलादेशको राहदानी देखाएका थिए । कुवेत आउने बेलामा नेपाली राहदानी देखाई कुवेतको अनुमति पाएका हुन् । घरेलु कामदारको रूपमा कुवेत आएका ती बंगालीलाई प्रहरीले दूतावासबाटै नियन्त्रणमा लिएको हो । राजदूत पौडेलका अनुसार प्रहरीले नेपालको राहदानी प्रयोग भएको हुँदा उनलाई आवश्यक कानुनी सजायका लागि नेपालमै पठाएको छ ।

तपाईको प्रतिक्रिया