Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
condomकाठमाडौं- प्रेम दिवसका रूपमा चिनिएको ‘भ्यालेन्टाइन डे’ का दिन गुलाबको फूल, उपहारका सामग्री, कार्ड, चक्लेटलगायतको माघ बढ्नु नौलो होइन । तर, यस वर्षको भ्यालेन्टाइन डेका दिन कन्डम र यौन उत्तेजना बढाउने औषधि भियग्राको समेत व्यापार ह्वात्तै बढेको पाइएको छ ।
अन्य दिनको तुलनामा भ्यालेन्टाइन डेमा कन्डमको बिक्री दुई गुणासम्म र भियग्राको व्यापार झन्डै ४० प्रतिशतले बढेको औषधि व्यवसायीले बताएका छन् । न्युरोड खिचापोखरीस्थित कन्डम हाउसका सञ्चालक युवराज न्यौपानेका अनुसार बिहीबार कन्डमको बिक्री दोब्बर बढेको छ । कन्डम हाउसमा अन्य दिनमा पाँच सयको हाराहारीमा बिक्री हुने कन्डमका प्याकेट यसदिन हजारभन्दा बढी बिक्री भएको उनले जानकारी दिए ।
कन्डम खरिद गर्नेमा अधिकांश ३० वर्षसम्मका युवा रहेको र भियग्रा खरिद गर्नेमा ४० वर्षभन्दा माथिका अधवैंशे रहेको औषधि पसलेले जनाएका छन् । ‘हामीले भियग्रा त बेच्दैनौँ’ कन्डम हाउसका न्यौपानेले भने, ‘तर कन्डम खरिद गर्नेमा ३० वर्षभन्दा कम उमेरका युवा नै रहेका छन् ।’ उनले पसलमा अन्य दिनमा थोरै देखिने युवाको जमात भ्यालेन्टाइन डेको दिनमा ह्वात्तै बढेको बताए ।
भक्तपुर कमल विनायकमा रहेको गौतम फार्मेसीका सञ्चालक कमल गौतमका अनुसार अन्य दिनभन्दा बिहीबार कन्डम र भियग्राको व्यापार निकै बढेको छ । उनले भियग्राको व्यापार झन्डै ५० प्रतिशतले बढेको र कन्डमको व्यापार ७० प्रतिशतले बढेको जानकारी दिए । ‘अन्य दिनमा भियग्रा पुग नपुग १५ वटा बिक्री हुन्थे तर २३ वटा बिक्री भयो,’ उनले भने, ‘कन्डम अरू दिन ४० प्याकेटको हाराहारीमा बिक्री हुनेमा आज ८३ प्याकेट बिक्री भएको छ ।’ उनले पनि कन्डम खरिद गर्नेमा धेरै युवा भए पनि भियग्रा भने अधवैशेले किनेको जानकारी दिए ।
सेक्स टोयहरूको व्यापार गर्दै आइरहेको न्युरोडकै स्विट सेक्रेट्सले पनि अन्य दिनको तुलनामा कन्डम र सेक्स टोयको बिक्री बढेको जनाएको छ । स्विट सेक्रेट्समा रहेका कर्मचारीका अनुसार बिहीबार अन्य दिनको तुलनामा ६० प्रतिशत बढी कन्डम बिक्री भएको छ ।
पश्चिमा देशमा मनाइने भ्यालेन्टाइन डे नेपालमा पनि युवामाझ बढी लोकप्रिय भएकाले यो दिन गिºटका साथै कन्डम र भियग्राका खरिदकर्ता पनि युवा नै धेरै भएको औषधि व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष बाबुराम भट्टराईले देशभरका व्यवसायीले भ्यालेन्टाइन डेका दिन कन्डम र भियग्राको व्यापार बढेको जानकारी दिइरहेको बताए । ‘अन्य दिनको तुलनामा यो दिनमा समग्रमा २५ देखि ३५ प्रतिशतसम्म कन्डमको व्यापार बढी भएको हाम्रो अनुमान छ,’ उनले भने ।
कन्डको बढ्दो बिक्रीबाट भ्यालेन्टाइन डे मा युवायुवतीले अन्य दिनको तुलनामा बढी यौनसम्पर्क राख्ने गरेको पुष्टि हुन्छ । ‘अन्य दिनमा भन्दा पनि यो दिनमा युवायुवतीले पहिलेदेखि नै योजना बनाएका हुनाले कन्डम र भियग्राको माग बढेको हुन सक्छ,’ डा. किशोर देवले भने, ‘कन्डमको प्रयोग बढ्नु सुरक्षित सम्पर्क हुनु हो, त्यसकारण कन्डमको बिक्रीले नेपालमा सुरक्षित सम्पर्क गर्नेको संख्यामा वृद्धि भइरहेको देखाएको छ ।’
भ्यालेन्टाइन डेको दिन नेपालमा मात्र होइन, अन्य देशमा पनि कन्डम र भियग्राको व्यापारमा वृद्धि हुने गरेको पाइन्छ । भारतको पपुलेसन हेल्थ सर्भिसको तथ्यांकअनुसार भ्यालेन्टाइन डेको दिन अन्य दिनको तुलनामा २५ देखि ३० प्रतिशत बढी कन्डम र भियग्रा बिक्री हुने गरेको छ । अध्ययनले भ्यालेन्टाइन डेका दिन कन्डम र भियग्रा खरिदकर्ता अधिकांश युवा र अधवैंशे रहेको देखाएको छ । यसैगरी, फिलिपिन्समा त भ्यालेन्टाइन डेका दिन पुष्पगुच्छा किन्नेलाई कन्डम नि:शुल्क दिनेसमेत गरिएको छ । भ्यालेन्टाइन डेका दिन असुरक्षित सम्पर्क नबढोस् भनेर फिलिपिन्स सरकारले नै कन्डम उपहार दिने व्यवस्था गरेको हो ।

तपाईको प्रतिक्रिया