Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
काठमाडौं- साझा प्रकाशनले २०६८ सालको साझा पुरस्कार गौरा प्रसाईंद्वारा लिखित ‘मेरा जीवनका पाना’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रकाशन सञ्चालक समितिको शुक्रबार बसेको बैठकले साझा पुरस्कार उक्त कृतिलाई दिने निर्णय गरेको हो ।
नेपाली साहित्यको श्रीवृद्धिका साथै साहित्यकारहरूमा सिर्जनात्मक उर्जा थपियोस् भनेर साझाले २०२६ सालदेखि यस प्रकाशनबाट प्रकाशित नयाँ कृतिमध्ये सर्वोत्कृष्ट एक मौलिक ग्रन्थलाई यो पुरस्कार प्रदान गर्ने गरेको प्रकाशनका अध्यक्ष ममता झाले जानकारी दिनुभयो ।
बर्सेनि प्रदान गरिने सो पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।

तपाईको प्रतिक्रिया