Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
काठमाडौ – एमाले परित्याग गरेका अशोक राईसहितका नेता र अन्य विभिन्न पार्टी छाडेकाहरू सम्मिलित ‘संघीय समाजवादी पार्टी नेपाल’ को आज घोषणा हुने भएको छ । जनजाति, मधेसी, मुसलमान र उत्पीडित समुदाय समेटेर राष्ट्रिय पार्टी बनाउने भनिए पनि त्यसमा कांग्रेस त्यागेका कुमार राई र बुद्धिजीवी चैतन्य सुब्बा र कृष्ण भट्टचनलगायतको समूह सहभागी नहुने भएको छ ।
बिहीबार राजधानीमा कार्यक्रम गरी घोषणा गरिने ‘संघीय समाजवादी पार्टी नेपाल’ को अध्यक्ष अशोक राई रहनेछन् । अन्य पदहरूको टुंगो लाग्न बाँकी छ । पार्टीमा उपाध्यक्ष, महासचिव, सचिव र सहसचिवसहित बहुपदीय व्यवस्था गरिने जनाइएको छ । नयाँ पार्टीको तदर्थ समितिमा एक सय जना रहनेछन् । ६ महिनाभित्र महाधिवेशन गर्ने लक्ष्य छ ।
सोही समूहका राजेन्द्र श्रेष्ठले पार्टीको घोषणापत्र, झण्डा, विधान र नारा बिहीबार सार्वजनिक गरिने बताए । उक्त पार्टीको मुख्य नारा ‘वर्गीय मुक्तिका लागि समाजवाद, जातीय मुक्तिका लागि संघीयता’ हुनेछ । झण्डा, रातो र हरियो रङमा एकतारा अंकित हुनेछ । रातो रङको प्रतीक जातीय मुक्ति र हरियोको संघीयता र विविधता छ ।
राष्ट्रिय पार्टी घोषणाको तयारी गरिरहेका जनजाति नेताहरूबीच सैद्धान्तिक मतभेद उत्पन्न भएपछि कांग्रेस छाडेका र लोकतान्त्रिक समूहका नेताहरू भने राईको पार्टीमा सहभागी नहुने पक्का भएको छ । बुद्धिजीवी चैतन्य सुब्बाले छुट्टाछुट्टै पृष्ठभूमिका भए पनि राईलगायत एमाले छाडेका नेताहरूको हठका कारण वैकल्पिक राजनीतिक शक्ति बनाउने चाहना अधुरै रहेको र त्यसमा सहभागी हुन नसक्ने बताए ।
‘अन्तिममा आएर उहाँहरूले सिद्धान्तको बखेडा निकाल्नुभयो, त्यसैले सँगसँगै जान सकिएन,’ सुब्बाले भने, ‘अब हामीहरू लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टीलाई नै अघि बढाउँछौं ।’ पार्टी घोषणा मिति नजिकिँदै गएपछि एमाले छाडेर गएकाहरूले माक्र्सवादी दर्शनलाई पार्टीको मुख्य सिद्धान्त बनाउनुपर्ने र कांग्रेस छाडेर गएका जनजाति नेता र बुद्धिजीवीहरूले लोकतान्त्रिक समाजवादभन्दा अघि बढ्न नहुने अडान लिएका थिए । त्यही सैद्धान्तिक मतभेदका कारण सबै क्षेत्रका जनजातिहरूलाई समेटिएको राष्ट्रिय पार्टी घोषणा लक्ष्य भने अधुरै हुने देखिएको छ ।
बिहीबार घोषणा हुने पार्टीमा एमाले छाडेका राईसहित श्रेष्ठ, मुहम्मद रिजवान अन्सारी, वीरबहादुर लामा, अजम्बर काङमाङ, रकम चेम्जोङ, विजय सुब्बा, गोपाल ठाकुर, हेमराज राईलगायत छन् । कांग्रेसका पूर्वसांसद दुर्गामणि देवानसहित नोरसाङ शेर्पा, युद्ध राई, टेकबहादुर चेपाङ, अञ्चल राईलगायत नेकपा एकीकृतकी पूर्वसभासद राधा तिमिल्सिनासहित केन्द्रीय कमिटीका ५ जना नयाँ पार्टीमा सहभागी हुने अन्सारीले बताए । ***

तपाईको प्रतिक्रिया