Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
टोकियो–जापानको अर्थतन्त्रमा सुधारको संकेत देखा परेको छ । जापानको गत जनवरी देखि मार्चसम्मको पछिल्लो त्रैमासिकको आर्थिक विकास विगतको भन्दा एक प्रतिशत बढीले वृद्धि भएको देखिएको छ । जापानी सरकारले यो वृद्धिलाई अपेक्षा गरिएभन्दा पनि उच्च रहेको बताएको छ । यो तथ्यांक विहिबार सार्वजनिक भएको हो ।
गत वर्ष भूकम्प र सुनामीबाट कष्टकर समय बिताएको जापानको अर्थव्यवस्था चार प्रतिशतले आर्थिक विकास भएको छ ।
यसअघि जापान सरकारले बितेको त्रैमासिकमा करिब ०.९ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको थियो । तर, हालैको यो पछिल्लो तथ्यांकमा भने एक प्रतिशतले बढेको पाइएको छ ।
जापानका अर्थमन्त्री मातोहिसा फुरुकावाले जापानको आर्थिक अवस्थामा सुधार आएको बताए । उनले भने–‘विगतका दिनहरु भन्दा निकै प्रगति जापानको अर्थतन्त्रमा भएको देखिएको छ । यो पछिल्लो आँकडाले पनि त्यहि देखाएको छ ।’ उनले सन् २०११ को मार्चमा गएको महाभूकम्प र सुनामीका कारण बिग्रिएको जापानी अर्थतन्त्रले विस्तारै सुधारका संकेत देखाएको बताए ।
गत वर्षको सुनामीका कारण जापानको आर्थिक अवस्थामा निकै नै गिरावट आएको थियो । सोही कारणले जापान विश्वको तेस्रो ठुलो अर्थतन्त्रमा धकेलिन पुगेको थियो ।

तपाईको प्रतिक्रिया