टोकियो–एक वर्ष अघि जापानबाट सुनामीले बगाएको फुटबल अमेरिकाको अलास्कास्थित एउटा टापुमा भेटिएको छ । फुटबलको मालिकको पहिचान भएपछि त्यसलाई जापान फर्काइने भएको छ ।सन् २०११ मर्चमा प्रशान्त महासागरमा आएको शक्तिशाली भुकम्पपछि आएको सुनामीले जापानको उत्तरी क्षेत्र पूर्वी तटबाट धेरै सामाग्री बगाएको थियो । त्यसमा १६ वर्षे मिसाकी मुराकामीको उपहार पाएको फुटबल पनि थियो ।
त्यहि एक वर्षपछि त्यहि फुटबल अमेरिकी नागरिक डेभिड बाक्स्तेरले अलास्काको बटभन्दा १ सय १३ किलोमिटर पर रहेकबो मिड्डेलटन दीपमा भेटाएका थिए ।
अमेरिकी दम्पतीले मुराकामीलाई बल फर्काउने योजना बताएको समाचार छ । उनीहरुले एउटा भलिबल समेत भेटेका छन् । तर त्यसको मालिक भने पत्ता लागेको छैन ।








