Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो –  एक जापानी निर्माण कम्पनीको अत्यन्तै महत्वावाकांक्षी योजनाले यदि सार्थकता पाउन सक्यो भने सन् २०५० सम्ममा मानिसहरु अत्यन्त उच्च प्रविधियुक्त विद्युतीय भर्‍याङबाट अन्तरिक्षमा पुग्न सक्नेछन्।

टोकियोस्थित ओबायास कर्पोरेसनले आधा शताब्दीसम्ममा स्पेस इलेभेटर निर्माण गरी संचालनमा ल्याउन चाहेको जापानको योमुरी सिम्बुन अखबारले जनाएको छ। उक्त संयन्त्रले यात्रुलाई १ सय २४ माइल प्रतिघण्टाको वेगमा आकाशतर्फ हुइँक्याइनेछ र तिनीहरुलाई पृथ्वीबाट ३६ हजार किलोमिटरमाथि एक हप्ताभन्दा केही बढी समयका लागि अन्तरिक्ष केन्द्रमा पुरयाइनेछ।

ओबायासीले सोचेको उक्त योजनामा पृथ्वीको सतहबाट ९६ किलोमिटर अर्थात हाम्रो ग्रह र चन्द्रमाबीचको दूरीको एक तिहाइमाथि रहने अन्तरिक्ष केन्द्र स्पेसपोर्ट सम्म एउटा केबल सोझ्याउने भन्ने रहेको छ। यसको तौललाई अन्तरिक्षमा फैलिने केबलमा प्रयोग गरिने एन्करबाट सन्तुलन कायम गरिनेछ।

३० जना यात्रुसहितको एउटा गाडी उक्त केबलमा यात्रा गर्नेछ भने यसमा गाडीलाई माथि अन्तरिक्ष तर्फ हुइँक्याउन सम्भवतः चुम्बकीय मोटरहरुको प्रयोग गरिने योमुरी सिम्बुनले जनाएको छ। अन्तरिक्षस्थित स्पेसपोर्टमा पुगेका यात्रुहरु त्यसमा निर्मित क्वार्टर र अन्तरिक्ष प्रयोगशालामा बस्नेछन्। त्यसमा जमिनमा विद्युत् प्रसारण गर्न सकिने क्षमतासहितको सौर्य ऊर्जा संयन्त्र हुनेछ।

दशकौंदेखि भविष्यवेत्ता तथा विज्ञान परिकल्पनामा आधारित कथाहरु लेख्दै आइरहेका लेखकहरुले स्पेस इलेभेटरहरुको प्रयोग गर्दै आइरहेका छन्। आर्थर सी क्लार्कले पनि महँगो र तुलनात्मक रुपमा खतरनाक रकेट लन्चको विकल्पका रुपमा स्पेस इलेभेटरको कल्पना गरेका थिए। तर अहिलेसम्म कसैले पनि उक्त परिकल्पनालाई वास्तविकतामा रुपान्तरण गर्ने सोच बनाएको देखिएको थिएन।

यो रोमान्चक परिकल्पनालाई मूर्तरुप दिनमा प्रमुख बाधक अविश्वनिय लामो तार निर्माणका लागि आवश्यक बलियो र हलुका पदार्थको खोज नहुनु हो। त्यसका लागि उपयुक्त पदार्थ सन् १९९० को दशकमा सूक्ष्म बेलनाकार कार्बन नानोट्युबको पहिचान भएकोमा ओबायासीको विश्वासले ऊर्जा पाएको छ।

तर नानोट्युब प्रविधिले अझै पूर्णता पाउन सकेको छैन इन्जिनियरहरु त्यसलाई सस्तो र स्पेस इलेभेटर निर्माणका लागि उपयुक्त बनाउन आवश्यक प्रविधिको खोजमा जुटेको बताईन्छ। ***

तपाईको प्रतिक्रिया