टोकियो– जापानी सम्राट् अकिहितो शुक्रबार अस्पताल भर्ना भएका छन् । मुटुको पाइपास सर्जरीका लागि उनी अस्पताल भर्ना भएका हुन् ।७८ वर्षीय सम्राट् टोकियो शिक्षण अस्पताल भर्ना भएका हुन् । उनका साथमा महारानी पनि थिइन् । अस्पताल प्रवेशलगत्तै चिकित्सकहरुले झुकेर स्वागत गरेका थिए ।
‘सम्राट् शल्यक्रियाका लागि अस्पताल आउनुभएको छ,’ दरबारका प्रवक्ताले समाचार संस्था एएफपीलाई जनाएका छन् ।








