Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
टोकियो- टोकियो तथा वासिङटन जापानी द्वीप ओकिनावाबाट अमेरिकी क्षेत्र गुआममा चार हजार ७०० नौसैनिक स्थानान्तरण गर्न सहमत भएका छन् र यो जापानमा रहेका अमेरिकी सैनिकलाई पुनः समायोजन गर्ने तथा हाल अवरुद्ध योजनालाई पुनः अगाडि बढाउने प्रयास भएको ठानिएको छ ।
दुई मुलुक सन् २००६ मा ओकिनावामा रहेका आफ्ना नौसेनाबाट आठहजार सैनिक अमेरिकी क्षेत्र गुआममा स्थानान्तरण गर्न सहमत भएका थिए । यसै गरी ओकिनावाको हवाइ केन्द्र अर्को स्थानमा लगिने भएको थियो । यसो भए पनि टोकियोले ओकिनावालाई उक्त कुरा मनाउन प्रयास गर्दा ढिलाइ भएको थियो ।
अमेरिकी प्रतिरक्षा मन्त्रालय बाँकी तीन हजार तीन सय नौसैनिक हवाइ, अस्ट्रेलिया तथा फिलिपिन्स जस्ता प्रशान्त क्षेत्रका अन्य भागमा लैजाने सोचाइमा रहेको समाचार क्याडो समाचार संस्थाले परिचय नदिइएको कूटनीतिक स्रोतलाई उद्धरण गरी दिएको छ ।
जापान तथा अमेरिकी विदेश तथा प्रतिरक्षा अधिकारीहरू सोमबार यस विषयमा भेट गर्ने भएका छन् र उनीहरूले स्थानान्तरणको विस्तृत विवरण घोषणा गर्ने जानकारी क्योडो र आसाही शिम्बुनले दिएको छ ।
टोकियोले ओकिनावालाई पुनः समायोजन कार्यक्रम अनुसार नौसेनाको फुटेन्मा हवाई केन्द्रको स्थान परिवर्तनलाई स्वीकार गर्न मनाउन प्रयास गरिरहेको छ ।
ओकिनावाका वासिन्दा जापानमा करिब ५० हजार अमेरिकी सैनिकमध्ये आधाको भार दशकौँसम्म बोक्दा क्रुद्ध भएका छन् भने उनीहरूले अमेरिकी सैनिक केन्द्रलाई यसै द्वीपको अन्यत्र सार्ने कुराको विरोध गरिरहेका छन् ।
उनीहरूले अमेरिकी सेना जापानको अन्य भागमा सार्नुपर्ने माग गरेका छन् र टोकियो र वासिङटनले हेनोकोको सामुदि्रक भागमा निर्माण गर्न सहमति दिएको ठूलो क्षेत्रमा यस केन्द्रलाई सार्नु उपयुक्त हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया