Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानमा रेमिटेन्सको कारोबार गर्दै आएको जापान मनी एक्सप्रेस (जेएमई) ले “मात्र ८५० ऐन” मा नेपाल पैसा पठाउने नयाँ क्याम्पेन सार्वजनिक गरेको छ ।

जेएमईका प्रमुख कार्यकारी अधिकृत डि पि अर्यालद्वारा मंगलबार जारि गरिएको विज्ञप्तिमा भनिएको छ – “जापान सरकारको फाइनान्सब्युरोबाट २०१० साल जुलाई महिनामा जापानको रेमिटेन्स कम्पनीहरुको लिस्टमा छैटौ नं. को लाइसेन्स लिन सफल भएको कुरा यहाँहरुलाई पहिले नै हामीले अवगत गराइसकेका छौ, नेपालीद्वारा, नेपालीका लागि जापानबाट पहिलो रेमिट्यान्स सेवामा यहाँहरुलाई हार्दिक स्वागत गर्दै देशको आर्थिक क्रान्तिमा सहभागी हुन आब्हान गर्दै नेपालीले नेपालीलाई माया गरौ, तपाईंहरुले हामीलाई बुझाउनु भएको सर्भिस चार्ज पनि हामीले नेपाल नै लाने हुनाले देश विकासमा सानै भएपनि टेवा पुग्ने कुरामा दुईमत नहोला भन्दै मौकाको फाईदा उठाउन सम्पूर्ण जापानबासी नेपालीमा हार्दिक आब्हान गर्दछौ । २०१२ जनवरी २७ तारिख सार्वजनिक गरिएको उपहार हात पार्न सफल प्रिया गुरुङ तथा सुमन थापालाई हार्दिक बधाई दिंदै जापानमै पहिलो नेपाली लगानीमा सञ्चालित यस संस्थाले जापानवासी नेपालीहरुबाट पाएको माया, सहयोग, विश्वास र समर्थनको उच्च मुल्याङ्कन गर्दै, हामीले २०१२ फेब्रुअरी १ तारिखबाट लागु हुने गरी केही अबधिको लागि “मात्र ८५० ऐन” मा नेपाल पैसा पठाउने व्यवस्था मिलाएका छौं । साथै जेएमईले आफ्ना ग्राहकहरुलाई काठमाडौ जाँदा बिमानस्थलबाट निःशुल्क पिक अप सर्भिस २०१२ बर्षभरि नै दिने घोषणा गरिसकेको छ ।”

जेएमईले नेपालमा काठमाडौको दरबारमार्ग सेर्पामलमा अबस्थित आफ्नै कार्यालयबाट प्रत्यक्ष रुपमा ग्राहकलाई सेवा पुर्याउँदै आएको र ग्राहकहरुको जेएमईप्रतिको विश्वाशलाई अझ प्रगाड बनाउँदै लानका लागि आगामी दिनमा अझै राम्रा र प्रभाबकारी सेवा दिँदैजाने प्रतिबद्धता समेत व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया