Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – ओसाकामा हत्या गरिएका नेपाली ब्यबसायी बिष्णुप्रसाद धमलाको १३ औं पूण्यतिथिका अबसरमा आज ओसाकामा श्रद्धाञ्जली सभाको आयोजना गरी स्व. धमलाप्रति श्रद्धासुमन ब्यक्त गरियो ।

कान्साईमा क्रियाशील नेपाली संघ-संस्थाहरुको संयुक्त आयोजनामा उक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । स्वर्गिय धमलाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणबाट शुरु भएको सो श्रद्धाञ्जली सभामा ओसाकाबासी नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

एनआरएन जापानका केन्द्रिय सदस्य तुल्सीराम खरेल, एनआरएन कान्साईका अध्यक्ष नारायण स्टेभेन, सचिब रमेशबाबु घिमिरे, पूर्वअध्यक्ष हरिराज ढकाल, नवराज भट्टराई, टिका कँडेल, हरि कँडेल, आत्माराम गैरे, मुक्तिराम खरेल, दिनेश श्रेष्ठ, प्रकाश तुलाधर, भूमि दवाडी, दिलाराम सापकोटा, बिकास बस्नेत, तेन्जिङ लामा, दिवाकर थापा, नबिन थपलिया, बिबेक ताम्राकार, कृष्ण पाण्डे, सन्तोष बस्याल लगायतका ब्यक्तिहरुले स्वर्गिय धमलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

धमलाको १३ दिन अघि आफ्नो रेष्टुरेन्टबाट कोठामा फ़र्कदै गर्दा जापानी आक्रमणकारीहरुले निर्मम हत्या गरेका थिए । रहष्यमय हत्याको कारण अझै स्पष्ट हुन सकेको छैन । धमलाको शव नेपाल लगेर अन्त्येष्टी गरिएको थियो । धमलाकी जापानी श्रीमती र भाञ्जाहरुले शव नेपाल लगेका हुन् ।

धमलाको अमानवीय हत्याप्रति जापानको सिंगो नेपाली समुदाय आक्रोसित बन्नुका साथै हत्याराको कडा भन्दा कडा कार्बाहीको माग गर्दै आईरहेका छन । ***

 

तपाईको प्रतिक्रिया