काठमाडौं- दोलखामा हुने अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा जापानी फिल्म पनि राखिने भएको छ ।
निर्देशक समाजले आयोजना गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा जापानी फिल्मलाई पनि समावेश गर्नेबारे छलफल भइरहेको समाजका अध्यक्ष केपी पाठकले जानकारी दिए । ‘भारत, दक्षिण कोरिया र फ्रान्सबाट टुंगो लागिसकेको छ,’ उनले भने, ‘जापानलगायतका मुलुकसाग पनि कुराकानी गरिरहेका छौं ।’
आगामी फेब्रुअरी ९ देखि एक सातासम्म हुने महोत्सवले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउन सहयोग पुग्न पाठकले बताए ।








