Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – हालै ओसाकामा जापानी आक्रमणकारीहरुद्वारा निर्मम हत्या गरिएका बिष्णु धमलाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै आइएनसीजेले एक बिज्ञप्तीमार्फत हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ । बिज्ञप्तीमा शोकाकुल परिवाजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै हार्दिक समबेदना पनि प्रकट गरिएको छ ।

सो संस्थाको तर्फबाट अध्यक्ष शालिकराम भण्डारी र महासचिव अर्जुन अधिकारीद्वारा जारी गरिएको बिज्ञप्तीको पूर्णपाठ (जस्ताको तस्तै) यसप्रकार छ ।

गत हप्ता ओसाकामा आमानबिय तरिक ले हत्या गरिए का नेपाली व्यबसायी श्री बिष्णु धमला प्रती अन्तराष्ट्रिय नेपाली समाज जापान ले हार्दिक समबेदना व्यक्त गरेको छ । यही जनवरी २२ तारिक बसेको सस्थाको बैठक ले रोजगारी को सिल्सिला मा जापान मा आइ आफ्नै व्यबसाय गर्दै आएका जोशिल नेपाली युवा को हत्या ले समग्र नेपाली समुदाय मर्माहित हुन पुगेको छ भन्दै म्रित आत्मा को चिर शान्ती को कामनागर्दै हार्दिक समबेदना व्यक्त गरेको छ साथै सोक शान्ताप्त परिवार प्रती यस् दु:खद घडिमा धैयरे धारणा गर्ने शाहस मिलोश भन्ने कामना पनि गरेको छ । साथै बैठक ले उकत हत्या षड्यन्त्रमुलक भयको ठहर् समेत गरेको छ । सामान्य झगडा वा सामान्य परिस्थितीमा कसैले कसैको हत्या गर्ने सम्मको हद पार गर्न सक्दैन र मिर्तक धमला बिहान सम्म आफ्नै होटेलमा खानपिन गरिरहेको भन्ने जानकारी गराइेको हुन सक्ने देखिन्छ । सामान्यतया उनी निस्कनी समय वा अत्यन्त फरक समयको जानकारी बिना हत्याराहरु बिहान सम्म पर्खेर बस्नु , एक्कासी जाइलाग्नु ,प्रतिकर नहुनु ,यो रहस्यको बिषय हो भन्ने आसन्क समेत व्यक्त गरियको छ ।

जापान मा धेरै नेपाली हरुको रहस्यमय मृत्‍यु भई रहेको सन्दर्भ मा स्वच्छ न्यायीक जाच ,पोस्मार्तम रिपोट र अभियुकत हरुका वयान सार्वजनिक नगरने पुलिश को रबैय समेत ठिक् नभएको निस्कर्स व्यक्त गरिएको छ । हत्यरा हरुलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गर्दै यस्ता घटना पर्ती गहन अनुसन्धान गर्न र गराउन जापान स्तिथ नेपाली समुदाय ले अली जिम्मेबार बहान गर्नु पर्ने समेत महसुश गरियको छ । उक्त घटना भई सकेपछी आर्थिक र भौतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाब हरुमा अन्तराष्ट्रिय नेपाली समाज जापानले हार्दिक धन्यबाध व्यक्त गरेको छ। अन्तमा यसभन्द अगाडिका घटना र अहिलेको यस् घटना हेर्दा नेपाली समुदाय आँफैमा सुरक्षित नभयको देखिन्छ तसर्थ नेपाली दुतबास र यहाँको नेपाली समुदाय आगामी दिन्हरुमा यस्त घटना हरु नदोहोरिन का लागि बढी सजक हुनुपर्नि अन्तराष्ट्रिय नेपाली समाज जापानको ठम्मायाइ छ । *

 

तपाईको प्रतिक्रिया