टोकियो– कबाट कछुवा ख खरायो, कलमकापी सँगै छैन कता हरायो । यसरी गीतको रुपमा मित्र प्राथमिक विद्यालयको एउटा कोठामा कखरा सिकाइरहेकी छन् जापानकी मासाको बरुवा ।३५ वर्षअघि नेपाल घुम्न आएकी बरुवाले नेपालमा उचित शिक्षाको अभावका कारण गरिबी बढेको पाएपछि यहाँको शिक्षामा सहयोग गर्ने उद्देश्यका साथ सो विद्यालय खोलेकी थिइन ।
जपानको शिक्षित सहरका रुपमा परिचिति फुक्वीमा जन्मिएकी बरुवाले नेपालमा पनि शिक्षाको विकास गर्ने उद्देश्यले २०३८ सालमा सो विद्यालयको स्थापना गरेकी थिइन् ।
एनले बालबालिकालाई शिक्षा दिन सो प्राथमिक विद्यालय खोलेको बताइन् । सो विद्यालयमा कागज, ऊनीको झोलालगायतका सम्पूर्ण शैक्षिक सामाग्री भने नेपाली उत्पादनकै प्रयोग हुने गरेको छ ।








