Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौँ- सर्वपक्षीय राष्ट्रिय सरकार गठन गरी जनपक्षीय संविधान निर्माणका लागि जनदबाब दिन सप्तरीदेखि काठमाडौँसम्म एक टोलीले लालटिन पैदलयात्रा गरेको छ। शान्ति प्रक्रिया तुरुन्त पूरा गरी शान्ति सुरक्षाको पुनर्बहाली गर्नुपर्ने, समानुपातिक समावेशीको ग्यारेन्टी हुनुपर्नेलगायत् माग उनीहरुको छ।
यसैगरी महङ्गी र भ्रष्टाचार तुरुन्त नियन्त्रण गरी जनपक्षीय संविधान निर्माण गर्नुपर्ने माग गरिएको पैदल यात्राका टोली नेता कैलुराम मधेसीले पत्रकार भेटमा जानकारी दिए।
सप्तरीको कोचावखारी-छिन्नमस्तादेखि काठमाडौँ सिंहदरबारसम्मको लालटिन पैदल यात्राको टोलीमा मानसिं सदा पनि सहभागी छन्।
यात्रा गत असोज २४ गते सप्तरीबाट प्रारम्भ भई कात्तिक १२ गते सिंहदरबारमा समाप्त भएको थियो।
टोलीले राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, गृहमन्त्री विजयकुमार गच्छदारलगायतलाई भेटी आफ्ना मागबारे ज्ञापनपत्र बुझाउने नेता कैलुरामले जानकारी दिए।

तपाईको प्रतिक्रिया