काठमाडौं– आफूले चालेका जुनसुकै कदममा ‘अब्जेक्सन’ गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी उपाध्यक्ष मोहन वैद्यलाई मनाउने प्रयास गरेका छन् ।वैद्यले मधेसवादी दलसँग सरकार निर्माण गर्दा भएको चार बुँदे सहमति खारेज, बिपा सम्झौता राखेर र लडाकु कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाउने निर्णयको विरोध गर्दै आएको छ ।
भट्टराईले शनिबार बिहान गोंगबुस्थित वैद्य निवासमा गएर विवाद नझिक्न आग्रह गर्दै सेना समायोजन र शान्ति प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरेका छन् ।








