Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
टर्की– गत आइतबार भ्यान सहरका केन्द्रविन्दु भई पूर्वी टर्कीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी पुरिएको एक १२ वर्षीय केटाको १०८ घण्टा पछि उद्धार गरिएको अनाटोलिया समाचार समितिले जनाएको छ ।
फेर्हाट टोकी नाम गरिएको सो १२ वर्षीय केटालाई इर्सिस सहरमा उद्धारकर्ताहरुले उद्धार गरेका थिए । सुरुमा उनीहरुले इर्सिसमा अवस्थित अस्पतालमा भर्ना गरिएको र त्यस पछाडि हेलिकोप्टरबाट ल्याई भ्यान सहरमा अवस्थित अस्पतालमा थप उपचारका लागि सारिएको अनाटोलिया समाचार समितिले जनाएको छ ।
हाल उनको स्वास्थ्य राम्रो भएको चिकित्सकहरुले जनाएका छन् । उद्धारकर्ताहरुको एक टोलीले उनलाई भ्यान प्रान्त देखि १४ सय किलोमिटर पश्चिममा पर्ने अफ्योन प्रान्तमा सुरक्षित रुपबाट तानेर उद्धार गरिएको थियो ।
हालसम्ममा भूकम्पमा परि मर्नेहरुको सङ्ख्या ५५० पुगेको सरकारी स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया