Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

सिड्नी– अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक विमान सेवा क्वान्टासमा ग्राउन्ड सेवाका कर्मचारीहरु पनि हड्तालमा उत्रिँदा तालिकाका ६० उडान रद्द भएका छन् ।

विगतका महिनौ देखि क्वान्टासका कर्मचारी सङ्गठनहरुले साङ्केतिक हड्तालमा उत्रिएका कारण विमान कम्पनीको सेवा प्रभावित हुँदै आएको थियो ।

सुरुमा विमान मर्मत सम्भारका कर्मचारीहरुले हड्ताल सुरु गरेपछि क्रमश विमान चालक, परिचारक, कार्गो एवम् यात्रुका सरसामान ह्यान्डलीङ् गर्नेहरु र खाद्य सेवाका कर्मचारीको पालोपछि हाल ग्राउन्ड सेवाका कर्मचारीहरु समेत उत्रिएपछि व्यवस्थापनले उडानहरु ठप्प पार्नु परेको जनाएको छ ।

क्वान्टासले आर्थिक नोक्सानीको कारण देखाई कर्मचारी कटौती गर्ने योजना प्रकाशित गरेपछि कर्मचारीहरुले आक्रोश प्रदर्शन गर्दै हडताल सुरु गरेकोमा तलव भत्ता र अन्य सरसुविधामा समेत वृद्धि गरिनुपर्ने माग थपेका छन् ।

प्रधानमन्त्री जुलिया गिलार्डले यदि यस हडतालले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्न खोजेमा सरकारले नियन्त्रणमा लिन बाध्यात्मक कदमहरु चाल्ने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया