काठमाडौं– नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले नेपाली काग्रेस बिपा सम्झौताको सैद्धान्तिक रुपमा विरोधी नभएको बताएका छन् ।आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति कोइरालाले काग्रेसले नै नेपालमा खुल्ला अर्थतन्त्र ल्याएकोले बिपाको विरोधी नभएको स्पष्ट पारे । यद्यपि उनले बिपा सम्झौता गर्ने समयप्रति भने असन्तुष्टि जनाए ।
उनले भने– ‘लगानीको सुरक्षाकोलागी बातावरण बनाउनु पर्छ । बातावरण नबनाउने अनि लगानीको सुरक्षाको कुरा गर्ने यो कन्ट्राडिक्सन भयो ।’
कोइरालाले मुलुकमा शान्ति र स्थायित्व भए त्यसले जति पनि लगानी ल्याउने भन्दै शान्ति कायम गरेर सम्झौता गरेको भए उपयूक्त हुने तर्क गरे । उनले भने–शान्ति भएपछि सबै राम्रो हुन्छ लगानीको बातावरण आफै बन्छ ।








