Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
बुटवल- एकिकृत नेकपा माओवादीका महासचिव रामवहादुर थापा वादलले भारतको सिलिगुडीमा रअ का एजेन्टसंग भेट गरेको होइन भनेर पुष्टि गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनुभएको छ ।
क्रान्तिकारी पत्रकार संघ अवध मधेस राज्य समितिले आज रुपन्देहीको वुटवलमा गरेको पत्रकार सम्मेलनमा बादलले अध्यक्षको  सिलिगुडि भ्रमण विवादास्पद वनेको वताउनु भयो । उहाले पार्टीको नीति सिद्धान्तलाई कुल्चनेहरु चोइटिएर जाने भन्दै संस्थापन पक्षका नाममा पार्टीका नीति र सिद्धान्तको उलङघन भइरहेको आरोप लगाउनुभयो ।
महासचिव वादलले आफनो नेतृत्वमा वैद्य पक्षको पार्टी घोषणा हुन लागेको भन्ने आरोप निराधार भएको वताउदै भन्नुभयो “त्यो स्याल हुइयाको पछि नलाग्न होला ।” पार्टीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले पार्टी नीति विपरित भारतसंग विपा सम्झौता गरेको बादलको आरोप छ ।

तपाईको प्रतिक्रिया