Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
काठमाडौं- माओवादी सचिव सीपी गजुरेलले प्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले भारतको दलाली गरेको आरोप लगाएका छन् ।
भट्टराईले भारतसँग गरेको बिप्पा सम्झौता राष्ट्रघाती भएको भन्दै उनले भने, “भारतमा नचलेका उद्योगधन्दा सबै नेपालमा आउँछन् र घाटा बेहोरेर सरकारलाई टाट पल्टाइदिन्छन् ।”
गजुरेलले अध्यक्ष पुष्पकमल दाहल र उपाध्यक्ष भट्टराईले क्रान्तिको बाटो छाडेको टिप्पणी पनि गरे । कमलामाई नगरपालिकामा आयोजित ‘जनतासँग सभासद्’ कार्यक्रममा बोल्दै उनले दाहाल र भट्टराईलाई माओवादीभित्र बस्ने अधिकार नभएको बताए ।
“नेतृत्वले क्रान्तिको बाटो छाडिदिँदा बन्दुक उठाउनु नै गल्ती भएको जस्तो लाग्न थालेको छ,” उनले भने, “भारतीय गुप्तचर संस्था ‘रअ’ अथवा कुन कारणले नेतृत्वमा विचलन आएको हो, मंगलबारबाटै सुरु हुने बैठकमा छर्लंग हुनेछ, पार्टी फुट्ने/नफुट्ने यही बैठकबाट टुंगो लाग्छ ।”

तपाईको प्रतिक्रिया