Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
काठमाडौं– माओवादीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न भारत भ्रमणका क्रममा दीर्घकालिन महत्व राख्ने कुनै पनि सम्झौता नगर्न निर्देशन दिएको छ ।
मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास नयाँबजारमा बसेको माओबादी स्थायी समिति बैठकले प्रधानमन्त्री भट्टराईलाई यस्तो निर्देशन दिएको स्थायी समिति सदस्य पोष्टवहादुर बोगटीले जानकारी दिनुभयो । बैठकले आसन्न भ्रमणलाई नितान्त सद्भावना भ्रमण बनाउन समेत निर्देशन दिएको बोगटीले बताउनुभयो ।
प्रधानमन्त्री भट्टराई बिहीबार ४ दिने औपचारिक भ्रमणका लागि नयां दिल्ली जाँदै हुनुहुन्छ । माओवादीले भ्रमणमा आर्थिक तथा व्यापार सम्बन्धी मुद्धाहरुलाई जोडदार रुपमा उठाउन समेत प्रधानमन्त्रीलाई भनेको छ । ***

तपाईको प्रतिक्रिया