Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामाको माग गर्दै प्रतिपक्षी दल कांग्रेस, एमालेलगायतले सोमबार पनि व्यवस्थापिका संसद बैठक चल्न दिएनन् ।
प्रतिपक्षी दलहरुले राष्ट्रिय अखण्डताविरोधी अभिव्यक्ति दिने रक्षामन्त्रीको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडान राखेपछि बैठक अवरुद्ध भएको हो ।
संसदको सुरुमा बोल्दै नेपाली कांग्रेसका नेता रमेश लेखक, लक्ष्मण घिमिरे तथा एमालेका सभासद रघुवीर महासेठले राष्ट्रिय अखण्डताबिरुद्ध अभिव्यक्ति दिने रक्षामन्त्री भण्डारीको तत्काल राजीनामा आउनुपर्ने, हत्याको आरोप लागेका प्रभु साहलाई कारबाही गर्नुपर्ने र जन्मकैदको सजाय तोकेका माओवादी सभासद बालकृष्ण ढुंगेलको सजाय फिर्ता लिनेबारे सरकारी धारणा बारेमा प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्ने माग राखे । बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । ***

तपाईको प्रतिक्रिया