Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
काठमाडौं- इस्लामी संघका महासचिव फैजन अहमद हत्याको विरोधमा मुस्लिम समूदायले शुक्रबार राजधानीमा दुई घण्टा चक्काजाम गरेका छन् ।
उनको राजधानीको घण्टाघरमा दिनदहाडै दुई साताअघि हत्या भएको थियो । दुई घण्टाको चक्काजामले राजधानीको सवारी दिनभर अस्तव्यस्त बन्यो ।
नेपाली जामे र कस्मिरी मस्जिदमा नमाज पढेपछि भेला भएका मुस्लिम समुदायले निकालेको विरोध र्‍याली भद्रकाली, सुन्धारा, वीर अस्पताल हुँदै जामेमा मस्जिद अगाडि पुगेर चक्काजाममा परिणत भएको थियो। प्रदर्शनका घण्टाघर रुट भएर चल्ने सवारी साधनलाई ट्राफिकले भोटाहिटी, जमल, केशरमहल, दरबारमार्ग, पुतलीसडकतर्फ फर्काइदिएको थियो।

तपाईको प्रतिक्रिया