Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं — साठी करोड अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने क्रिप्टोकरेन्सी चोर्ने एक ह्याकरलाई रकम फिर्ता गर्न पाँच लाख अमेरिकी पुरस्कार र दण्डबाट उन्मुक्तिको प्रस्ताव गरिएको छ।

अज्ञात ह्याकरले पैसा फिर्ता पठाउने प्रतिबद्धता जनाएपछि पोली नेटवर्क नामक कम्पनीले त्यसरी विवादास्पद प्रस्ताव दिएको हो।

पोली नेटवर्कले सार्वजनिक रूपमै अपील गरेपछि गत साता मङ्गलवार उक्त घटनाबारे जानकारी सार्वजनिक भएको थियो।

अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआईका एक पूर्वअधिकारीले “फौजदारी अभियोगसम्बन्धी विषयमा उन्मुक्ति दिने वाचा गर्ने अधिकार निजी कम्पनीहरूसँग नरहेको” बताएका छन्।

यो इतिहासकै सबैभन्दा ठूलो ह्याकिङ्कमार्फत् गरिएको चोरीमध्ये एक हो।

तपाईको प्रतिक्रिया