Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

आसाम – हाल सबभन्दा पाको उमेरको दुलाहाको रुपमा रहेका १०३ वर्षीय अमेरिकी नागरिकलाई पछि पार्दै भारतको उत्तर पश्चिमी क्षेत्रस्थित सातघोरी गाउँका हाजी अब्दुल नूरले १२० वर्षको उमेरमा विवाह गरि विश्वको सबैभन्दा पाको उमेरको दुलाहाको रेकर्ड कायम गर्न सफल बनेका छन् ।

उनले आफ्नो जीवन साथी भने आफ्नो भन्दा ठीक आधा अर्थात् ६० वर्षकीलाई रोजेका छन्, जसको नाम हो सामोइ बिबि ।

हाजी अब्दूलको यो दोस्रो विवाह हो । पहिलो श्रीमति सलिमा खातुनको मृत्यु सन् २००५ मा भएको थियो जसको ६ वर्षपछि उनी पुनः विवाह बन्धनमा बाँधिएका छन् । दुई छोरा, चार छोरी र नातिनातिनाहरु गरेर उनको परिवारको सदस्य सङ्ख्या १२२ रहेको छ ।

नवविवाहित दम्पत्ति

उनले आफ्नो हेरचाह गर्न सक्ने श्रीमति खोजिदिन आफ्ना छोराछोरीलाई आग्रह गरे अनुरुप उनका परिवारले पुनः विवाह गराइदिएका हुन् । उनका एक छोरा हाजी अजिर उद्दीन भन्छन् – ‘हाम्रो आमाको मृत्युको केही समय पश्चात् बुबाले आफ्नो हेरचाहको लागि दोस्रो विवाह गर्ने इच्छा देखाउनुभयो । १०० वर्ष कटिसकेको व्यक्तिको लागि दुलही पाउन त्यति सजिलो थिएन तर भगवानको आशिर्वादले हामीले बुबाको लागि दुलही फेला पार्र्यौं जो उहाँभन्दा आधा उमेरको हुनुहुन्छ । हाम्री नयाँ आमाको पनि पहिला एकपटक विवाह भएको थियो तर श्रीमानको मृत्यु भइसक्यो भने सन्तान पनि छैनन् ।’

अब्दुल नूरसँग विवाह गरेपछि उनकी श्रीमतीले धेरै नै सौतेनी छोराछोरी पाएकी छिन् जसमध्ये कोही त उनीभन्दा पनि जेठा छन् ।

अब्दुल नूरकी नव दुलही भन्छिन्- ‘म आफ्नो श्रीमानको राम्रो रेखदेखको लागि सकेसम्मको प्रयास गर्नेछु’ ।

आफ्ना छोराछोरी, नातिनातिना र नव विवाहित श्रीमतिका साथ हाजी अब्दुल नूर

-एजेन्सी

तपाईको प्रतिक्रिया